+
+

तस्करी रोक्न नसकेको भन्दै प्रहरी इन्सपेक्टर जिल्ला झिकाइए

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १५ गते १८:२९

१५ साउन, मोरङ । इलाका प्रहरी कार्यालय रानीका प्रमुख एवं प्रहरी निरीक्षक राजकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय विराटनगर तानिएको छ । अपराध अनुसन्धानका क्रममा केही ‘बुझ्नुपर्ने’ भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय तानिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्दिप भण्डारीले प्रशासनिक एवं अपराध अनुसन्धानका क्रममा केही कमी कमजोरी पाइएकाले सो विषयको बारेमा बुझ्न प्रहरी निरीक्षक यादवलाई जिल्ला तानिएको बताए ।

उच्च प्रहरी अधिकृतका अनुसार रानीका प्रहरी प्रमुख यादवले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा जिम्मेवारीपूर्वक भूमिका नखेलेको भन्दै जिल्ला तानिएको हो । उनलाई यसअघि पनि मौखिक चेतावनी दिइएको थियो ।

प्रहरी निरीक्षक यादव इञ्चार्ज भएर ६ महिना अघि रानी गएका थिए । उनलाई जिल्लामा तानिएपछि उनको स्थानमा प्रहरी निरीक्षक सन्तोष निरौलालाई पठाइएको छ । निरौला क्षेत्रीय प्रहरी कार्यालयमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?