
१९ साउन, काठमाडौं । डीएसपी सन्जिव शर्मा दासको निलम्वन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको इजलाशले निलम्वन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
पाँच वर्षअघि रामेछापको साबिक सैपू गाविस-१ सिरिसेमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या प्रकरणका मुख्य अभियुक्त श्याम राउतलाई उन्मुक्ति दिई भगाएको आरोप लागेका डीएसपी शर्मालाई निलम्बन गरी प्रहरी प्रधान कार्यालयले अनुसन्धान थालेको थियो ।
दास डीएसपीबाट एसपीमा हालै बढुवा भएका थिए तर, गृहमन्त्री जनार्दन शर्माको आदेशमा प्रहरी प्रधान कार्यालयले निलम्बन गरी अनुसन्धान थालेको थियो ।
सर्वोच्चले निलम्बन नगर्न अन्तरिम आदेश दिएसँगै दासले बढुवाको फुली लगाउने बाटो खुलेको छ ।
यो पनि पढ्नुहोस्
डिल्लीमायालाई छोरीले सपनामा भन्थिन्–आमा ! मलाई न्याय दिलाऊ है (भिडियोसहित)
कारवाही गर्नुपर्ने डीएसपीलाई एसपी बनाउन हेडक्वार्टरको सिफारिस
प्रतिक्रिया 4