२२ साउन, काठमाडौं । खाद्य संस्थान हुम्लाले स्थानीयलाई कुहिएका चामल बेचेको फेला परेको छ । केही दिनअघि संस्थानले प्रतिपरिवार पाँच केजीका दरले चामल बेचेको थियो ।
सिमकोट गाउँपालिका–६ का उवर्जन रावतले आफूहरुले लगेको चामल कुहिएको फेला परेको बताए । चामल कुहिएको भेटिएपछि पाँच परिवारले तत्कालै भाग लगाएर खाएको उनले बताए ।
यो वर्ष मात्रै नभई खाद्य संस्थान हुम्लाले प्रायः कुहिएको चामल बेच्ने गरेको रावतको भनाइ छ । संस्थानले जिल्लामा पाँच महिनापछि चामल बेचेको नयाँ पत्रिका दैनिकमा खबर छ ।
सिमकोट गाउँपालिका–६ का चित रावतले पनि चामल कुहिएको बताए । राम्रोसँग केलाएर त्यही चामल खाने गरेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4