+
+

५ निर्जीवन बिमा कमाए १ अर्ब नाफा, कसको कति ?

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३१ गते १२:४१


३१ साउन, काठमाडौं । गत आव २०७३/७४को वित्तीय विवरण प्रकाशित गरेका ५ निजीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनीको नाफा सबैभन्दा धेरै अर्थात् ३७ करोड पुगेको छ । प्रतिशतको आधारमा भने नेपाल इन्स्योरेन्सको सबैभन्दा धेरैले नाफा बढेको हो ।
शिखर इन्स्योरेन्स
शिखर इन्स्योरेन्सको नाफा २२.५८ प्रतिशतले वृद्धि भएर ३७ करोड पुगेको छ । कम्पनीको कुल बिमा शुल्क आर्जन करिब ३८ प्रतिशतले बढेर २ अर्ब ७६ करोड पुगेको छ । मोटरबिमाको (ओन ड्यामेज)बिमा शुल्कमा भएको ३० प्रतिशत कटौती, हुलदंगा आतंकवादको कारण हुने क्षतीको शुल्कमा भएको कटौतीले नाफामा केही असर परेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीको कुल जारी बिमालेख संख्या २ लाख ६४ हजार रहेको छ । यसमा १४ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको ५२ हजार ९ सय बिमालेख नविकरण भएको छ ।

कम्पनीको दाबी रकममा ५४ प्रतिशतले वृद्धि भएर १ अर्ब २३ करोड पुगेको छ । तेस्रो पक्ष तथा यात्रु दुर्घटनाको शुल्क बढाइएकोले दाबी अनुपातमा बढ्न गएको पनि कम्पनीले उल्लेख गरेको छ । कम्पनीमा १ अर्ब २ करोड रुपैयाँ बराबरको दाबी परेको छ ।

कम्पनीको बिमा कोषमा ६४ करोड रुपैयाँ रहेको छ । यो रकम ४१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिमा समितिले तोकेको १ अर्बको चुक्ता पुँजी पुर्याउँन १८ करोड २३ लाख जुटाउनु पर्ने हुन्छ । कम्पनीले बोनस सेयर दिएर यो पुँजी पुर्याउने उल्लेख गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ९७ पैसा, मूल्य आम्दानी अनुपात ४२ गुणा र प्रतिसेयर नेटवर्थ २ सय २० रुपैयाँ रहेको छ ।

नेपाल इन्स्योरेन्स

नेपाल इन्स्योरेन्सको नाफा शतप्रतिशतले वृद्धि भएर ११ करोड पुगेको छ । कम्पनीको कुल बिमा शुल्क आर्जन करिब ३ प्रतिशतले बढेर ७४ करोड पुगेको छ ।

कम्पनीको कुल जारी बिमालेख संख्या ७ प्रतिशतले घटेर ५३ हजारमा सिमित भएको छ । कम्पनीको ५ हजार ८ सय बिमालेख नविकरण भएको छ ।

कम्पनीको दाबी रकममा ४८ प्रतिशतले घटेर ४२ करोडमा सिमित भएको छ ।

कम्पनीको बिमा कोषमा १३ करोड रुपैयाँ रहेको छ । यो रकम ६५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिमा समितिले तोकेको १ अर्बको चुक्ता पुँजी पुर्याउँन ७१ करोड जुटाउनु पर्ने हुन्छ ।

 

कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ , मूल्य आम्दानी अनुपात ६ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ९२ रुपैयाँ रहेको छ ।

नेको इन्स्योरेन्स
नेको इन्स्योरेन्सको नाफा करिब ७३ प्रतिशतले वृद्धि भएर २१ करोड पुगेको छ । कम्पनीको कुल बिमा शुल्क आर्जन करिब ५० प्रतिशतले बढेर १ अर्ब ३६ करोड पुगेको छ ।

कम्पनीको कुल जारी बिमालेख संख्या ६२ प्रतिशतले घटेर २ लाख ४ हजारमा सिमित भएको छ । कम्पनीको २७ हजार बिमालेख नविकरण भएको छ ।

कम्पनीको दाबी रकममा ३९ प्रतिशतले घटेर ४० करोडमा सिमित भएको छ ।
कम्पनीको बिमा कोषमा २८ करोड रुपैयाँ रहेको छ । यो रकम ५८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिमा समितिले तोकेको १ अर्बको चुक्ता पुँजी पुर्याउँन २८ करोड जुटाउनु पर्ने हुन्छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ , मूल्य आम्दानी अनुपात ३३ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ४३ रुपैयाँ रहेको छ ।

प्रभु इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सको नाफा करिब १६ प्रतिशतले वृद्धि भएर १७ करोड पुगेको छ । कम्पनीको कुल बिमा शुल्क आर्जन करिब १० प्रतिशतले बढेर ८३ करोड पुगेको छ ।

 

कम्पनीको कुल जारी बिमालेख संख्या २ प्रतिशतले घटेर ७२ हजारमा सिमित भएको छ । कम्पनीको २८ हजार बिमालेख नविकरण भएको छ ।

कम्पनीको दाबी रकममा ५० प्रतिशतले घटेर ३५ करोडमा सिमित भएको छ ।

कम्पनीको बिमा कोषमा ३३ करोड रुपैयाँ रहेको छ । यो रकम ३५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिमा समितिले तोकेको १ अर्बको चुक्ता पुँजी पुर्याउँन ४२ करोड जुटाउनु पर्ने हुन्छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३० रुपैयाँ , मूल्य आम्दानी अनुपात ३३ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ८४ रुपैयाँ रहेको छ ।

सगरमाथा इन्स्योरेन्स

सगरमाथा इन्स्योरेन्सको नाफा करिब २३ प्रतिशतले वृद्धि भएर २५ करोड पुगेको छ । कम्पनीको कुल बिमा शुल्क आर्जन करिब २६ प्रतिशतले बढेर १ अर्ब ४० करोड पुगेको छ ।

कम्पनीको कुल जारी बिमालेख संख्या ३१ प्रतिशतले घटेर ६३ हजारमा सिमित भएको छ । कम्पनीको ३७ हजार बिमालेख नविकरण भएको छ ।

कम्पनीको दाबी रकममा २३ प्रतिशतले घटेर १ अर्ब २७ करोडमा सिमित भएको छ ।

कम्पनीको बिमा कोषमा ३९ करोड रुपैयाँ रहेको छ । यो रकममा वृद्धि भएको छैन । कम्पनीले बिमा समितिले तोकेको १ अर्बको चुक्ता पुँजी पुर्याउँन ४६ करोड जुटाउनु पर्ने हुन्छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३४ गुणा र प्रतिसेयर नेटवर्थ २ सय ३६ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?