५ भदौ, काठमाडौं । आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई स्थान दिएका छन् । व्यवस्थापिका संसदमा छलफल भइरहेको संविधान संशोधनको विषयलाई पत्रिकाहरुले विभिन्न कोणहरुबाट व्याख्या विश्लेषण गर्दै लेखेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा हुन प्रहरीमा होडबाजी नै चल्ने गरेको विषयलाई पनि आजको पत्रिकाले उठाएको छ । बाढीपीडितले झेलेका समस्या, मेडिकल कलेजलाई सरकारले दिएको सम्बन्धनलगायत विषय पनि पत्रपत्रिकाहरुको पहिलो पृष्ठमा अटाएको छ ।
नेपाल पत्रकार महासंघको महाधिवेशन उदघाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेसलाई जिम्मेवार हुन गरेको आग्रहलाई गोरखापत्र दैनिकले मुख्य खबर बनाएर लेखेको छ । संविधान संशोधनको दफावार छलफलकै क्रममा मत बाझिएको, मन्त्रिपरिषद्मा राज्यमन्त्री थपिएको लगायत खबरलाई गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।
नयाँ पत्रिका दैनिकले झोलामा खोला राख्नेहरुलाई तह लगाउन ४ हजार मेगावाटका आयोजना खारेज हुन लागेको लेखेको छ । नयाँ पत्रिकामै पाँच क्षेत्रका डीआईजी हटाएर सात प्रदेशमा एआईजी खटाइएको, संविधान संशोधनको छिनोफानो आज हुन लागेको लगायत पढ्न सकिन्छ ।
अन्नपूर्ण पोस्ट दैनिकले प्रहरीमा देखिएको अख्तियार मोहबारे एक रिपोर्ट पस्केको छ भने नागरिक दैनिकले संविधान संशोधन फेल हुने ठोकुवा गरेको छ ।
प्रतिक्रिया 4