+
+

फिलिपिनोको बैदेशिक रोजगारी – नेपालका लागि अनुकरणीय

धरम के.सी. धरम के.सी.
२०७४ भदौ ९ गते १२:३०

 

आर्जन र विप्रषण

तथ्यांकमा फिलिपिन्स र नेपाल दुबै मुलुकबाट लगभग उत्तिकै संख्या (२२-२५ लाख) बैदेशिक रोजगारमा रहेको अवस्था देखिन्छ तर स्वदेशमा पठाउने रेमिटान्समा भने झण्डै ३ गुणाको फरक पाइन्छ । गत वर्ष सन २०१६ मा फिलिपिन्सले २५ अर्ब डलर ९२५ खर्ब भन्दा बढी० बिप्रेषण पायो भने नेपालले ९ खर्ब मात्र भित्राएको देखिन्छ । प्रवासी कामदारहरूको संख्या उही रहे पनि बिप्रेषणनमा यति ठूलो फरक देखिनुमा यी कारणहरू छनः

क)  फिलिपिनोहरूका प्रमुख गन्तब्य मुलुकहरूमा सिंगापुर, हंगकंग, ताइवान, इटली पर्छन भने नेपालीहरूका प्रमुख गन्तब्य मुलुकहरू मलेसिया पछि सबै अरबमै छन् । नेपालको १ नम्बरको गन्तब्य मलेसिया फिलिपिन्सका लागि १० नम्बरमा पर्दछ । अरबमा भन्दा सिंगापुर, हंगकंग, ताइवान र इटलीमा तलब बढी पाइन्छ ।

ख) फिलिपिनोहरू सबै नै दक्ष हुने तर नेपालीहरू अधिकांश अदक्ष हुने हुँदा पाउने तलबमा नै ठूलै अन्तर परिअाएको छ ।

ग) फिलिपिनोहरूको रिक्रुटमेन्ट खर्च रोजगारदाताहरूले नै ब्यहोरिदिने हुँदा कामदारहरूमाथिको भार नगन्य हुन्छ तर नेपालीहरूको त्यही खर्च अत्यधिक हुने गरेको छ र म्यानपावर एजेन्सीहरूले कामदारहरूबाटै असुल्ने गरेका छन । सरकारले भनेको फ्री भिषा फ्री टिकट अर्थात शून्य या न्यून लागत आम नेपाली कामदारहरूले उपभोग र अनुभूत गर्न पाएका छैनन् । रिक्रुटमेन्ट खर्च-भिषा, टिकट कमिशन आदि तिर्न नेपाली एजेन्सीहरूले नेपालबाट बिदेश रकम पठाउनुपर्ने तर बाह्य बिप्रेषणलार्इ नेपालको कानूनले रोकेको हुँदा कामदारहरूको अार्जन सबै बैंकिङ च्यानलबाटै स्वदेश नभित्रिएर उल्लेख्य अंश एजेन्सीहरूकै प्रयोजनका निमित्त हुण्डीमा रूमलिन्छ र बिदेशमै रहन्छ ।

सीप परीक्षण

कुनै पनि फिलिपिनो कामदारहरू बिना सीप लेबरको काममा बिदेशिदैनन् । उनीहरूले पहिला स्वदेशमै काम सिक्छन, तालिम या अनुभव हासिल गर्छन, सीप परीक्षण गर्छन, गराउँछन र निश्चित दक्षता तथा योग्यता हासिल गरेपछि मात्रै बिदेशिन्छन । भाषा (अंग्रेजी)मा उनीहरू प्रायः राम्रै हुन्छन् ।

सीप बिकास, परीक्षण तथा प्रमाणिकरणका लागि फिलिपिन्स सरकारले TESDA (Technical Education & Skill Development Authority) लार्इ तोकेको छ । यो सरकारी निकाय स्वयमले र यसको सम्बन्धन (स्वीकृति) प्राप्त निजी प्रतिस्ठानहरूले पनि बिभिन्न तहका सीप सिकाउने, परीक्षण गर्ने र अन्तमा पास हुनेलार्इ बिभिन्न ४ तहका (NC I, NC II, NC III, NC IV) National Certificates प्रदान गर्दछन । रोजगारदाताहरूले आफूलार्इ कुन तहको दक्षता (अर्ध दक्ष, दक्ष, उच्च दक्ष, विशेषज्ञ) चाहिएको होरु रोज्दछन र कामदार र रोजगारदाताका बिचको अापसी सहमतिमा तलब सुविधा पनि निर्धारण गर्दछन ।

प्रोफेशनल लाइसेन्स

फिलिपिन्स सरकारले चिकित्सा क्षेत्र, इञ्जिनियरिङ, कृषी, बन, शिक्षण र उद्योग क्षेत्रका बिभिन्न पेशाकर्मीहरूका लागि पीआरसी (Professional Regulation Commission) मा अनिवार्य दर्ता हुनै पर्ने र अा-अाफ्नो पेशाको इजाजत पत्र (लाइसेन्स) लिएर मात्रै पेशा गर्न पाउने नियम लागू गरेको छ । यूनीभर्सीटीको डीग्री लिए पछि पनि पीआरसीले लाइसेन्स दिनु अघि अलग्गै जांच लिन्छ र पीआरसीको बोर्डको परीक्षा पास हुनेलार्इ मात्र निश्चित अवधीका लागि प्रोफेशनल प्राक्टिसका लागि इजाजत पत्र (आइडी कार्डसहित) प्रदान गर्दछ र यी लाइसेन्स होल्डरहरू मात्र केही बर्षको कार्यानुभव समेत लिएर बिदेशमा काम गर्न जान्छन ।

न्यूनतम तलब

POEA (Philippine Overseas Employment Administration) फिलिपिन्स सरकारले बैदेशिक रोजगारका लागि तोकेको सरकारी नियामक निकाय हो । यसले फिलिपिनो कामदारहरूका लागि बिभिन्न पेशा र तहमा न्यूनतम तलब तोकेको छ । सबैभन्दा कम तलब कृषी र कारखानाहरूमा काम गर्ने अर्धदक्ष कामदारहरूका लागि छ जुन साउदी अरबका लागि सा।रि। १,५०० फ्री खाना या खानाका लागि ३०० रियाल तोकिएको छ भने इञ्जिनियरका लागि न्यूनतम ४,५००ं३०० निर्धारित छ । यो भन्दा कम तलब दिने या पाउने गरी कुनै पनि फिलिपिनो कामदारहरूले POEA बाट श्रम स्वीकृति (Overseas Employment Certificate) पाउन सक्दैनन । झुठ्ठा कागजात बनाए या लेखिएको तलबमा तलमाथि परे एजेन्सीहरूलार्इ कडा कार्बाहि हुने र फरक परेको तलब एजेन्सीले कामदारहरूलार्इ क्षतिपूर्ति स्वरूप दिनैपर्ने हुँदा म्यानपावर एजेन्सीहरू नै त्यता ९किर्ते र यथार्थ भन्दा फरक कागजात तर्फ जाँदै जान्नन, त्यस्तो अबैध र जोखिमपूर्ण बाटो र प्रकृया अबलम्बन गर्दैनन् ।

मर्यादित र बिश्वसनीय एजेन्सी

फिलिपिन्समा हजार भन्दा बढी इजाजत पत्र प्राप्त म्यानपावर (रिक्रुटिङ) एजेन्सीहरू रहेको भएता पनि उनीहरूका बिचमा अस्वस्थ प्रतिस्पर्धा छैन । सबैले नियम र कानूनको पालना गर्दछन र स्वयम पनि मर्यादित र बिस्वसनीय छन । १३ दिनमा २०० भन्दा बढी कामदारहरूको इन्टरभ्यु र टेस्ट लिंदा म आफैले पनि कुनै पनि कामदारहरूका पछाडि कोही पनि एजेन्ट, सब-एजेन्ट देखिन । उनीहरू सबै नै एजेन्सीले प्रबाह गरेको सूचना तथा कर्मचारी स्वयमको प्रत्यक्ष सम्पर्कमा एजेन्सीमा इन्टरभ्यू दिन आइपुगेका थिए । एजेन्सीमा काम गर्ने सबै नै कर्मचारी सुशिक्षित र आ-आफ्नो काममा दक्ष र पोख्त थिए । मनिलामा मुख्य कार्यालय राखी सिबु, दबाव, सिडियो र जेनसानमा शाखा खोलेको एजेन्सीमा काम गर्ने कूल ५७ जना कर्मचारी सबै नै स्नातक र कोही त स्नातकोत्तर डीग्री होल्डर थिए । सिबु शाखा कार्यालयकी प्रमुख स्वयम नर्सीङकी स्नातकोत्तर (Master in Nursing), केही बर्ष इथियोपिया र फिलिपिन्सकै नर्शिङ कलेजमा प्राध्यापन समेत गरिकि र हाल पीएचडी गर्दैरहेकी शोधकर्ता (Researcher) थिइन भने उनका सहायक स्टाफ सिभिल इञ्जिनियर थिए । फिलिपिनोहरूको बैदेशिक रोजगारलार्इ सुरक्षित पार्दै, म्यानपावर ब्यवसायलार्इ ब्यवस्थित बनाउन साथै एजेन्सीहरूलार्इ पनि मर्यादित र बिश्वसनिय बनाउनुको रहश्य नै यी र यस्ता सुशिक्षित, इमान्दार र कर्तब्यनिष्ठ प्रोफेसनलहरू स्वयम म्यानपावर ब्यवसाय सञ्चालनमा आउनु, रहने हो भन्ने नै मेरो दरिलो बुझार्इ रह्यो जुन नेपाली एजेन्सीहरूमा देखिने पात्र, प्रबृत्ती र अभ्यासहरू भन्दा निकै नै फरक छन ।

बैदेशिक रोजगारको लागत खर्च, कसले के ब्यहोर्ने ? 

फिलिपिन्समा प्रत्येक रिक्रुटिङ एजेन्सीहरूले ‘प्लेसमेन्ट फ्री’का नाममा प्रत्येक कामदारहरूको एक महिनाको बेसिक तलब सेवा शुल्क लिन्छन । एजेन्सीले अग्रिम नै लिने यो शुल्क भने प्रायजसो रोजगारदाताहरूबाटै लिने गर्दछन जुन रोजगारदाता र एजेन्सीका बिचको सम्झाैतामा उल्लेखित हुन्छ । कुनै रोजगारदाताले यो शुल्क पछि कामदारहरूको तलबबाट ३-६ महिनामा किस्तामा कटार्इ (फिर्ता) लिन्छन भने कुनैले तलबबाट कटाउँदैनन् । कुनै रोजगारदाताले भने यो शुल्क तिर्न मान्दैनन र एजेन्सीले कामदारहरूलार्इ नै चार्ज गर्छन । सरकारले एजेन्सीहरूलार्इ यो शुल्क लिन पाउने स्वीकृति दिएपनि कसबाट लिने भन्नेमा किटान गरेको छैन । तर १ महिनाको बेसिक तलब भन्दा बढी शुल्क लिएको पाइएमा भने सरकारले एजेन्सीलार्इ कडा कार्बाही गर्दछ ।

एजेन्सीको प्लेसमेन्ट फी का अतिरिक्त बैदेशिक रोजगारको प्रकृयामा यी खर्चहरू पनि आउँछन् ।

रोजगारदाताले ब्यहोर्नेः
१. भिषा फी (देश अनुसार)
२. भिषा प्रोसेसिङ फी (३२ डलर)
३. इन्शुरेन्स प्रिमियम (१४४ डलर)
४. हवार्इ टिकट (एअरलाइन्स र समय मुताविक केही फरक पर्ने)

कामदारले ब्यहोर्नेः

१. स्वास्थ्य परीक्षण (४,००० पेसो)
२. भ्याक्सिन (१,२०० पेसो)
३. बायोमेट्रिक (२७५ पेसो)
४. O“W (Overseas “ilipino Worker)  मा दर्ता हुन दर्ता शुल्क (५०० पेसो)
POEA ले जारी गर्ने OEC (Overseas Employment Certificate) नदेखार्इ एअरपोर्टको अध्यागमनले बैदेशिक रोजगारमा जान दिंदैन ।
कामदारले तिर्नुपर्ने जम्मा खर्चः ५,९७५ पेसो  (नेरू १,२०,००), PHP 1 = NPR 2

बिनाधितो ऋण

त्यसो त फिलिपिनोहरूको बैदेशिक रोजगार खासै खर्चिलो छंदै छैन । तथापी कुनै कामदारहरूलार्इ रोजगारको खर्च तिर्न या केही समय परिवारकै खर्च धान्न केही रकम अावश्यक परे बिनाधितो नै ऋण दिन, लिन पाउने ब्यवस्था छ ।“1 2 3 Lending”नामको यो फाइनान्स इन्स्टिच्युटले १-३ दिन भित्रमै बैदेशिक रोजगारकै कागजपत्र हेरेर बिदेशिने कामदारलार्इ जानु अघि नै सहज र सरल तवरमा ऋण प्रदान गर्दछ । ऋण राशी न्युनतम २०,००० देखि २,००,००० पेसो सम्म हुन्छ भने भुक्तानी अवधि बढीमा २ बर्ष रहन्छ । कामदारहरूलार्इ अावश्यक ऋण प्रदान गर्न एजेन्सीहरूले पनि सहजिकरण गरिदिन्छन ।

कामदारहरूका हकहितका लागि

बिदेशमा फिलिपिन्सको दूतावासभित्रै कामदारहरूका हक हित हेर्न, भैपरि अाउने समस्या हल गर्न POEA रOWWA (Overseas Workers Welfare Administration) का प्रतिनिधी कर्मचारीहरू नै खटिएका हुन्छन । साउदी अरब जस्तो बिशाल भूक्षेत्र भएका मुलुकहरूमा फिलिपिन्सका नियोगहरूले ‘Embassy on Wheels’ जस्ता Out reach कार्यक्रमहरू पनि बेला बेलामा अावश्यकता मुताविक चलार्इ रहेका हुन्छन र हटलार्इनको ब्यवस्था गरेर समस्याको २४ सै घण्टा सुनुवार्इ हुने र इमर्जन्सी र अर्जेन्सी हेरी तत्काल सेवा प्रदान गर्ने कार्यनीति र संयन्त्र पनि दूतावासहरूले अख्तियार गरेका हुन्छन ।

OWWAले कामदारहरूका न्याय, उद्धाररकल्याण र क्षतिपूर्तिका लागि काम गर्दछ भने बिशेषतः ठगी, बिमा, अार्थिक लेनदेन, तलब दिलाउनमा श्रम तथा रोजगार बिभाग (DoLE) मा आबद्ध NLRC  (National Labor Relation Commission) ले पनि काम गर्दछ ।

आप्रबासी नेपालीहरूलार्इ NRN भने जस्तै प्रत्येक अाप्रबासी फिलिपिनो कामदारहरूलार्इ सरकारले नै OFW को कानूनी पहिचान र मान्यता दिएको छ। फरक यही छ कि NRN को हैसियत पाउनका लागि नेपालीहरूले बिदेशमा २ बर्ष बिताएको हुनुपर्दछ भने OFW को हैसियत बैदेशिक रोजगारमा पाइला टेकेकै दिनमा फिलिपिनोहरूले प्राप्त गर्दछन । OFW हरू बिदेशमा Immigrante का नाममा संगठित छन तगालोग (फिलिपिन्सको राष्ट्र भाषा)मा इमिग्रान्ट्स अर्थात अाप्रवासीलार्इ इमिग्रान्टे भनिएको हो । बिदेशमा इमिग्रान्टे दर्ता नहुने भएकाले यो संगठन कानूनी रूपमा अबैध हो तर यसले फिलिपिन्स सरकार, सरकारी निकायहरूका लागि ‘प्रेसर ग्रूपू’का रूपमा काम गर्ने गरेको छ । इमिग्राण्टेबाट प्राप्त हुने प्रायः सिकायत, उजुरी, रिपोर्ट र सुझावहरूलार्इ सरकार र यसका निकायहरूले गम्भीर र सकारात्मक रूपमा ग्रहण गर्दछन ।

सारांश (शिक्षा)

फिलिपिन्सले अबलम्बन र अभ्यासमा ल्याएको बैदेशिक रोजगारी सुरक्षित, ब्यवस्थित, मर्यादित र मुलुक, कामदार र रोजगारदाता सबैका लागि उपयोगी र लाभदायक छ, नेपालका लागि अनुकरणीय छ, नेपालले सिकोस, सुधारोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?