+
+

काठमाडौंमा अन्तर्राष्ट्रिय हिन्दु सम्मेलन, नेपाललाई हिन्दु धर्मको राजधानी बनाउने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १५ गते १६:२४

१५ भदौ, काठमाडौं । धर्मनिरपेक्ष राष्ट्र नेपाललाई हिन्दु धर्मको विश्व राजधानी बनाउने लक्ष्यसहित काठमाडौंमा ‘अन्तराष्ट्रिय सनातन हिन्दु सम्मेलन’ सुरु भएको छ । बिहीबारबाट सुरु सम्मेलन तीन दिनसम्म चल्ने छ ।

सम्मेलनमा नेपालसहित भारत, जापान, पाकिस्तान, थाईल्याण्ड लगायतका ११ देशका प्रतिनिधिहरु सहभागी छन् ।

सम्मेलनले नेपाललाई सनातन हिन्दूराष्ट्र घोषणा गर्न माग गर्ने र हिन्दू धर्मलाई विश्वमा फैलाउनका लागि अभियान सञ्चालन गर्ने निर्णयसहितको घोषणा पत्र जारी गर्ने बताइएको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै हिन्दु धर्म र सँस्कृतिका विद्वानहरुले नेपाल धर्म र संस्कृतिको केन्द्र भूमि भएको र रहिरहने धारणा राखेका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले नेपाल विश्वकै धर्म र संस्कृतिको नमूना देश रहेको उल्लेख गर्दैै हिन्दु धर्म सबैको धर्म भएकाले यसको विलय हुन्छ कि भन्ने चिन्ता नगर्न पनि आग्रह गरे ।

नेपाललाई वैदिक सनातनीहरुको अन्तराष्ट्रिय केन्द्र बनाउने गरी विविध विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना गरिएको आयोजक सनातन संस्कृति समाज, नेपालका संयोजक हरिबोल भट्टराईले बताए ।

अन्तराष्ट्रिय सम्मेलनमा ‘विश्व तापमान वृद्धि/मौसम परिवर्तनमा वैदिक सनातन धर्ममा समस्या समाधानका उपायहरु’को विषयमा पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?