१८ भदौ, काठमाडौं । उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको घोषणा गरेको छ । उसको दाबी छ कि यो बमलाई मिसाइलमा लोड गर्न सकिन्छ ।
दक्षिण कोरियाली सरकारी समाचार सेवा योनहृयापका अनुसार उत्तर कोरियाले आइतबार परीक्षण गरेको बम जापानको नागासाकी शहरमा सन् १९४५ मा खसालिएको बमभन्दा ४/५ गुणा शक्तिशाली छ ।
दक्षिण कोरियाको रक्षा मामिलाको संसदीय समितिका प्रमुख किम युंग वूले सैन्य सूत्रलाई उदृत गर्दै भनेका छन् कि आइतबार गरिएको परीक्षणा गत वर्ष गरिएको पाँचौ परीक्षणभन्दा निकै शक्तिशाली छ ।
सेप्टेम्बर २०१६ मा गरिएको परीक्षणबाट १० किलोटन उर्जा उत्पन्न भएको थियो ।
किम यंग ले भनेका छन्, ‘उत्तर कोरियाको परीक्षणले लगभग नौ किलोटन ऊर्जा उत्पन्न भएको छ । यद्यपि यो प्रारम्भीक रिपोर्ट मात्र हो ।’
उत्तर कोरियाले यसअघि २००६, २००९, २०१३ र २०१६ मा परमाणु बमको परीक्षण गरेको थियो ।
– बीबीसीको सहयोगमा
प्रतिक्रिया 4