+
+

विद्युत प्राधिकरणका पूर्वकर्मचारीलाई ३ करोडको भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २६ गते १६:३४

२६ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका पूर्वकर्मचारीलाई झण्डै तीन करोड रुपैयाँ भ्रष्टाचार ठहर गर्दै मुद्दा दायर गरेको छ ।

आयोगले नेपाल विद्युत प्राधिकरण, उत्पादन सञ्चालन तथा संभार विभागको पूर्व महाप्रवन्धक महेन्द्रलाल श्रेष्ठलाई दुई करोड ८८ लाख ८२ हजार रुपैयाँ बिगो कायम गरी सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो अनुसारको जरिवाना र कैद सजायसहित मुद्दा दायर गरेको हो ।

उनले विद्युत प्राधिकरणको महाप्रवन्धक पदमा कायम रहँदा भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

पदमा रहँदा मर्यादा विपरितका कार्य गरी स्रोत पुष्टी हुन नसक्ने अकुत सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ ।

श्रेष्ठ २०३६ साल चैत ५ गते नेपाल विद्युत प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको असिष्टेण्ट ईन्जिनियर पदमा नियक्त भएका थिए । विभिन्न तहमा बढुवा हुँदै प्राधिकरणको, उत्पादन तथा सञ्चालन तथा संभार विभागको महाप्रवन्धक र प्राधिकरणको कामु कार्यकारी निर्देशक भई २०७० साउन ९ गते अनिवार्य अवकाश लिइसकेका छन् ।

उनले आफ्नो तथा आफ्नो परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको छानविन गर्दा आय आर्जन गरेको वैध आयको तुलनामा दुई करोड अठासी लाख बयासी हजार रुपैयाँ बराबरको सम्पत्ति आफ्नो अवैध रुपमा आर्जन गरेको अख्तियारको ठहर छ ।

उनले भ्रष्टाचार गरी गैरकानूनी आर्जन गरेको, स्रोत नखुलेको चल अचल सम्पत्ति परिवारका सदस्यको नाममा लुकाएर राखेका अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?