
२६ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघ मानवअधिकार संस्थाका प्रमुखले म्यानमारमा रोहिंग्या मुसलमानलाई निशाना बनाएर भइरहेको सुरक्षा कारबाही ‘जातीय नरसंहारको एक सटीक उदाहरण’ भनेको बताएका छन् ।
जइद राय अल हुसेनले रखाइन प्रान्तमा ‘क्रुस सैन्य कारबाही’ अन्त्य गर्न म्यानमारलाई अपील गरेका छन् ।
झण्डै एक महिना अघि सुरु भएको हिंसापछि तीन लाख बढी रोहिंग्या मुसलमान बंगलादेशमा पलायन भएका छन् ।
म्यानमारको सेनाले आफ्नो कारबाही रोहिंग्या चरमपन्थीविरुद्ध भएको बताएको छ । साथै आम मानिसलाई निशाना बनाएको आरोप पनि सेनाले अस्वीकार गर्दै आएको छ ।
२२ अगष्टमा रखाइनको उत्तरी इलामा रोहिंग्या चरमपन्थीले पुलिस चौकीमा आक्रमण गर्दा १२ सुरक्षाकर्मी मारिएका थिए ।
यो घटनापछि हिंसा भड्कियो र रोहिंग्या मुसलमान बंगलादेशतर्फ पलायन हुन बाध्य भएका छन् । सेनाले आफूहरुविरुद्ध बर्बर अभियान चलाएको उनीहरुले बताएका छन्् ।
यो रखाइन प्रान्तमा बौद्ध धर्मावलम्बीको बाहुल्यता र बंगलादेशसँग सीमा जोडिएको छ । युनाइटेड नेसन फर कमिसन फर हृयुमन राइटका प्रमुख जइद राद अल हुसेनले रखाइनमा जारी कारबाही प्रष्ट रुपमा अनुचित भएको बताएका छन् ।
प्रतिक्रिया 4