३ असोज, वीरगन्ज । पर्साका १४ स्थानीय तहमध्ये वीरगन्ज महानगरपालिकाबाहेक अन्य सबै नगर र गाउँपालिकामा मतगणना शुरु भएको छ । मतगणना जारी रहेकामध्ये ६ स्थानीय तहको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक भएकामध्ये एमालेले चार र कांग्रेस माओवादीले एक–एक स्थानीय तहमा अग्रता लिएका छन् । एमालेले पर्सागढी, पटर्वा सुगौली, सखुवा पर्सौनी र बिन्दबासिनी गाउँपालिकामा अग्रता लिएको वीरगन्जबाट अनलाइनखबरकर्मी महेश दासले जनाएका छन् ।
माओवादीको अग्रता ठोरी गाउँपालिकामा छ ।
त्यस्तै कालिकामाई गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ ।
पटेर्बासुगौली गाउँपालिका वडा न १ मा एमालेका फरमान मिया अन्सारीको प्यानलै विजयी भएको छ । बिन्दबासिनी गाउँपालिका वडा नम्बर १ मा एमालेका सगिर मियाको प्यानलैले जित निकालेको छ । ठोरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका रामप्रकाश कुँवरको प्यानल विजयी भएको छ ।
प्रतिक्रिया 4