+
+

तीर्थयात्री चढेको जीप ताप्लेजुङमा दुर्घटना, २ को मृत्यु, ३ गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २३ गते १०:०१

२३ असोज, ताप्लेजुङ । तीर्थयात्री बोकेको जीप ताप्लेजुङमा सोमबार बिहान दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० छातेढुंगास्थित सुकेटार पाथीभरा सडक खण्डमा मे १ ज १३०८ नम्बरको जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार, दुर्घटनामा पाथीभरा दर्शन गरेर फर्किएकी उर्लाबारी नगरपालिका–४, मोरङकी अनिता थापा घिमिरेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते अर्का १ जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ  ।

घाइते ३ जनाको अवस्था गम्भीर छ । घाइते सबै उर्लाबारी, मोरङका हुन् । उनीहरूकाे जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेकाे छ ।

जीप सोमबार बिहान ८ः३० बजे सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो । प्रहरीका अनुसार, जीप मोड्ने क्रममा सडकबाट तल खसेको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?