+
+

लोकतान्त्रिक फोरमद्वारा मोरङबाट उम्मेदवार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २४ गते १६:४९

२४ असोज, मोरङ । विजयकुमार गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरमको जिल्ला समितिले आसन्न प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको नामावली टुंगो लगाएको छ । नेपाली कांग्रेस पार्टीमा समाहित हुनेे हल्ला चलिरहेको फोरम लोकतान्त्रिकले क्षेत्रगत रूपमा आएको नामलाई जिल्ला समितिले अनुमोदन गरी केन्द्र पठाएको हो ।

फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष भक्तिनाथ माझीका अनुसार फोरम लोकतान्त्रिकले क्षेत्र नम्बर १ मा अर्जुनकुमार तुम्रुक, क्षेत्र नम्बर २ बाट महताव आलम, क्षेत्र नम्बर ३ बाट कृष्णप्रसाद दुलालको नाम उम्मेदवारको रुपमा अघि सारेको छ ।

क्षेत्र नम्बर ४ बाट भक्तिनाथ माझी, क्षेत्र नम्बर ५ बाट रञ्जितकुमार झा र क्षेत्र नम्बर ६ बाट सूची चौधरी, मीरा भगत, सुधीरकुमार माझीको नाम सिफारिस गरेको छ ।

यता प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट राजकुमार नाल्बो, टेकबहादुर धिमाल, क्षेत्र नम्बर २ बाट लखन ताजपुरिया, कुमारलाल ठाकुरको नाम सिफारिस गरेको छ ।

त्यस्तै क्षेत्र नम्बर ३ बाट श्रवणकुमार महतो, निरबहादुर थापा, क्षेत्र नम्बर ४ बाट सत्यनारायण भगत, देवराज चौधरी र पंकज बर्माको नाम सिफारिस गरेको छ ।

त्यस्तै क्षेत्र नम्बर ५ बाट गणेश राई, जस्मी मण्डल र क्षेत्र नम्बर ६ बाट प्रदिपकुमार विश्वास, जगत मण्डल, गुप्त मण्डल, श्रवण सुतिहारको नाम सिफारिस भएको जिल्ला अध्यक्ष भक्तिनाथ माझीले जानकारी दिए ।

फोरम लोकतान्त्रिकको जिल्ला समितिले उद्योगी पवनकुमार सारडा, चुमनारायण तवदार, सत्यनाराण चौधरी, कमला कडेललगायत ११ जनालाई समानुपातिकमा सिफारिस गरेको छ ।

त्यस्ौगरी प्रदेश सभा तर्फको समानुपातिक तर्फ अर्पणलाल राजवंशी, दुर्गा कोइराला, भुटनीदेवी माझी, राजकुमार गच्छदारको नाम सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?