+
+

ढिस्कोले पुरिएर महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १ गते १२:१२

१ कात्तिक, सप्तरी ।  तिहारका लागि घरआँगन लिपपोत गर्न माटो लिन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

जिल्लाको बेल्हीचपेना गाउँपालिका–४ बस्ने ४० वर्षीया हेमनीदेवी यादव रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यादव घर नजिकैको गाउँमा माटो लिन गएको अवस्थामा माटोको ढिस्को खस्दा च्यापिएर मंगलबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?