+
+

नेमकिपाले चुनावी तालमेल नगर्ने

बिजुक्छे भन्छन्– एक्लै चुनाव लडेर राष्ट्रिय पार्टी बन्छौं

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १० गते ७:००

१० कात्तिक, भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा  कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन् । उनले तालमेलविनै नेमकिपा पहिलाे पार्टी बन्ने दावीसमेत गरे ।

तालमेलमा आउन वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले नेमकिपालाई आग्रह गरिरहेका बेला बिजुक्छेले कुनै पनि दलसँग तालमेल नगरी एक्लै चुनावी मैदानमा उत्रने प्रष्ट पारेका हुन् ।

उनले ‘थ्रेस होल्ड’को आलोचना गर्दै यसको नेमिकपाले प्रतिरोध गर्ने बताए । जातजातिको कुरा गर्ने जातीय पार्टी, धर्मको कुरो गर्ने धार्मिक पार्टी र देश विदेशको विषय उठाउने राष्ट्रिय पार्टी हुने टिप्पणी गर्दै उनले भने, ‘नेमकिपा हिजो पनि राष्ट्रिय पार्टी थियो, आज पनि छ र भोलि पनि राष्ट्र र राष्ट्रियताको हितमै काम गर्ने पार्टी भएकाले राष्ट्रिय पार्टी हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?