+
+

सडक दुर्घटनाका मृतकको सम्झनामा धनगढीमा दीप प्रज्वलन

दीपक उपाध्याय दीपक उपाध्याय
२०७४ कात्तिक १३ गते १८:४०

१३ कात्तिक, धनगढी । रोटरी क्लव अफ धनगढीले धादिङको त्रिशुली, गुल्मी र उदयपुरमा भएका तीन छुट्टाछुट्टै सडक दुर्घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन गरेको छ ।

धनगढीको पार्कचोकमा आयोजित दीप प्रज्वलनमा रोटरी धनगढीका अध्यक्ष दीर्घराज उपाध्याय लगायत क्लव पदाधिकारी र सर्वसाधारणको उपस्थिति थियो ।

रोटरी धनगढीले दुर्घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

गत शनिबार राजविराजबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी नजिकै दुर्घटना हुँदा ३१ जनाको मृत्यु भएको थियो भने सोमबार गुल्मीमा भएको माइक्रो दुर्घटनामा ९ र उदयपुरमा भएको जीप दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?