+
+

गुल्मीमा उम्मेदवारी दर्ताःप्रदिप ज्ञवाली भर्सेस चन्द्र भण्डारी

अनिल खत्री अनिल खत्री
२०७४ कात्तिक १६ गते १७:१३

 १६ कात्तिक, गुल्मी । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि विभिन्न दलबाट उम्मेदवारी दर्ता भएको छ ।

जिल्लामा एमाले-माओवादी गठबन्धन र कांग्रेसबाट तीन शीर्ष नेताहरुले उम्मेदवारी गराएका छन् ।

गठबन्धनबाट क्षेत्र नम्बर १ मा एमाले सचिव प्रदिप ज्ञवाली र क्षेत्र नम्बर २ बाट एमालेकै सचिव गोकर्ण बिष्टले मनोनयन दर्ता गराएका हुन् ।

नेपाली काँग्रेसबाट क्षेत्र नम्बर १ बाट नेता चन्द्र भण्डारी र क्षेत्र नम्बर २ बाट चन्द्र केसीले मनोनयन दर्ता गराएका छन् ।

गुल्मीमा क्षेत्र नम्बर १ बाट ज्ञवाली र भण्डारीबीच हुने चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । उनीहरु दुबै जनालाई ‘हेवी वेट’ नेताका रुपमा हेरिएको छ ।

क्षेत्र नम्बर २ मा भने विष्टसँग केसीको उम्मेदवारी कमजोर रहेको धेरैको बुझाइ छ ।

बाम गठबन्धनबाट क्षेत्र नम्बर १ को प्रदेशसभातर्फ माओवादीका सुर्दशन बराल र एमालेबाट कमलराज श्रेष्ठले मनोनयन दर्ता गरेका छन् ।

क्षेत्र नम्बर २ को प्रदेशसभातर्फ एमालेबाट खड्ग केसी र माओवादीबाट दिनेश पन्थीले मनोनयन दर्ता गराएका छन् ।

गुल्मीमा नेपाली काँग्रेसले एक्लै चुनावी मैदानमा उत्रिने गरी मनोयन दर्ता भएको छ । क्षेत्र नम्बर १ को प्रदेशसभा तर्फ पृथ्वी फौजदार र धनेन्द्र कार्की र क्षेत्र नम्बर २ को प्रदेशसभा तर्फ शालिक पन्थी र छन्द पहराईले मनोयन दर्ता गराएका छन् ।

गुल्मीमा राष्ट्रिय जनमोर्चाले पनि मनोनयन दर्ता गराएको छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको लागि छबिलाल सर्तुङ्गी र प्रदेश सभातर्फ ओमबहादुर कुवँरले मनोनयन दर्ता गराएका छन् ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको लागि रामेश्वर खत्री प्रदेश सभातर्फ हरि न्यौपाने र धनबहादुर थापाले मनोनयन दर्ता भएको छ प्रतिनिधिसभाको क्षेत्र नम्बर १ बाट प्रदेशसभा तर्फ टेकबहादुर खत्रीले मनोनय दर्ता गराएका छन् ।

नयाँ शक्ति पार्टी नेपालले पनि मनोनयन दर्ता गराएको छ । पार्टीले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको लागि तेजेन्द्र प्रदेशसभातर्फ पदमबहादुर खत्री र ध्रुव कुवँरले मनोनयन दर्ता गराएका छन् ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको लागि गणेश कुवँर सिफारिस प्रदेशसभातर्फ सरोज गुरुङ्ग र धनश्याम पाण्डेले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीमा ५ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेहरुमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट बिष्णुबहादुर घर्तीर्, प्रदेशसभातर्फ धनिश्वर गौतम र रेशमराज न्यौपाने, कृष्णबहादुर थापाले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट चुरामणी भण्डारीले मनोनयन दर्ता गराएका छन् ।

जिल्लामा दलहरुबाट कुनै पनि बागी उम्मेदवार परेका छैनन् । जिल्लामा ठूला २ दलबाट बाजागाजासहित कार्यकर्ताको जमातसहित मनोनयन दर्ता गराएका थिए ।

जिल्लामा सुरुमा साना दल र स्वतन्त्र उम्मेदवारहरुको समय र त्यसपछि नेपाली काँग्रेस र वाम गठबन्धनको समय निर्धारण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?