+
+

एमाले–माओवादी कार्यकर्तालाई सिटौलाको अपील: राजावादीलाई भोट नदिनू

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २४ गते १४:२९

२४ कात्तिक, झापा । नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले नेकपा एमाले र माओवादी केन्द्रका  कार्यकर्तालाई राजावादीलाई भोट नदिन अपिल गरेका छन् ।

०६२/०६३ को लोकतान्त्रिक गणतन्त्रको परिवर्तन रोक्न सुरज विश्वास र राजन गिरीलाई गोली हान्नेहरु परिवर्तनगामी झापाली जनताका प्रतिनिधि बन्न अयोग्य रहेको बताउँदै उनले राजावादीलाई भोट नदिन अपिल गरेका हुन् ।

शुक्रबार झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाम गठबन्धनले संघीयता र लोकतन्त्र विरोधी राप्रपालाई समर्थन गरेकोमा आश्चर्य परेको समेत बताए ।

‘झापा क्षेत्र नम्बर ३ नेपालको राजनीतिक परिवर्तनको उद्गम थलो हो’, सिटौलाले भने, ‘अग्रगमनका पक्षधर यहाँका जनता राजनीतिक परिवर्तनलाई उल्ट्याउनेहरुको पक्षमा जान सक्दैनन् ।’

झापा क्षेत्र नं ३ मा वाम गठबन्धनले राप्रपा उम्मेदवार राजेन्द्र लिङ्देनलाई समर्थन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?