४ मंसिर, पाँचथर । निर्वाचनविरोधी गतिविधि बढेपछि प्रहरीले विप्लव समूहका ११ कार्यकर्ता पक्राउ गरेको छ ।
हिलिहाङ गाउँपालिकाका डिल्लीराम कटुवाल, फाल्गुनन्द गाउँपालिकाजितबहादुर चेम्जोङ, विशाल राई, इच्छाबहादुर राई, संग्राम राई, एलिया नेम्वाङ छन् ।
त्यसैगरी फिदिम नगरपालिका १४ की टीकादेवी राई, नारायण कार्की, तारा राई र मौसम थाम्सुहाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यस्तै इलामका रुपनारायण अधिकारी पनि पक्राउ परेका छन् ।
उनीहरुलाई म्याद थप गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पक्राउ परेकामध्ये टीकादेवी र रुपनारायण शिक्षक हुन् । राईलाई कात्तिक ३० गते विद्यालयबाटै प्रहरीले पक्राउ गरेको थियो ।
निर्वाचन सुरक्षाका लागि पक्राउ गर्नुपरेको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4