+
+

गोरखामा मतदान शुरु, नारायणकाजी र बाबुरामले भोट हाले

विकास मरहट्टा विकास मरहट्टा
२०७४ मंसिर १० गते ८:५५
नारायणकाजी श्रेष्ठ र डा. बाबुराम भट्टराई मतदान गर्दै ।

१० मंसिर, गोरखा । गोरखाका सबै मतदान केन्द्रमा मतदान शुरु भएको छ । २१३ मतदान स्थल र २८२ मतदान केन्द्र रहेको गोरखामा बिहान सात बजेबाट मतदान शुरु भएको हो ।

गोरखा २ बाट चुनाव लडेका माअोवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र नयाँशक्तिका डा. बाबुराम भट्टरार्इ दुबैले मतदान गरेका छन् ।

हरेक मतदान केन्द्रमा महिला पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । असहाय, बृद्ध र अपांगता भएकाहरुलाई लाइन बस्न नपर्ने गरी मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

‘हेभि वेट’ का नेताहरु डा. बाबुराम भट्टराईनारायणकाजी श्रेष्ठ चुनावमा भिडेकाले सबैको चासोको बिषय बनेको छ गोरखा क्षेत्र नम्वर २ । श्रेष्ठले जौबारीको परोपकार आदर्श बहुमुखी क्याम्पसबाट र डा. भट्टराइले पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङबाट मतदान गरे ।

श्रेष्ठ केही दिनदेखि बिरामी छन् । बिरामी भएकै कारण सबै मतदान केन्द्रहरुमा पुग्ने उनको योजना प्रभावित बनेको छ । तर मतदान गरेसँगै उनी केही मतदान केन्द्रको अवलोकनमा भने निस्किएका छन् ।

यता गोरखा क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य उमेदवार कांग्रेसका चिनकाजी श्रेष्ठ र माओवादी केन्द्रका हरिराज अधिकारी पनि मतदान गर्ने तयारीमा छन् ।

बिहानैदेखि मतदाताहरु मतदानका लागि लामवद्ध भएर बसेका छन् । भयरिहत वातावरणमा चुनाव गर्न हरेक मतदान केन्द्रमा बिशेष सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहेका छन् ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?