+
+

ओलीलाई आरजूको प्रश्न– महिला भएर हेपेको हो ?

आँखामा चश्मा होइन, दूरविन लगाउन सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १३ गते ११:०५


१३ मंसिर, धनगढी । कैलाली–५ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आरजू राणा देउवाले एमाले अध्यक्ष केपी ओलीको कटाक्ष गरेकी छन् ।  उनले ओलीमाथि व्यंग्य कस्दै चश्माको सट्टामा दूरविन प्रयोग गर्न आग्रह गरिन् ।

धनगढी–४ उत्तरबेहडीमा बुधबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राणाले भनिन्, ‘ओलीजीले नेपालको संविधान पनि पढिदिनु भए राम्रै हुन्थ्यो । नेपालको संविधानमा कोही पनि नागरिक कहीं पनि जन्मिएर कहीं पनि उठ्न पाउने प्रावधान छ ।’

माओवादी अध्यक्ष प्रचण्ड कहिले कीर्तिपुर, कहिले सिरहा, कहिले चितवनबाट उठिरहेको प्रसंग कोट्याउँदै उनले भनिन्, ‘उहाँचाहिँ टुरिस्ट नहुने । महिला भएकाले मलाई हेपेको हो, ओलीजी ? महिलालाई हेर्ने तपाईंको दृष्टि नमिलेजस्तो लाग्यो । तपाईंको दृष्टिलाई चश्मा होइन, टेलिस्कोप नै चाहिन्छ ।’

यसअघि धनगढी र डडेलधुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राणालाई टुरिस्ट उम्मेदवार र देउवाले विकासमा सिन्को नभाँचेको आरोप लगाएका थिए । ‘ओलीजी कहिल्यै सुदूरपश्चिम आउनु भएको रहेन छ कि क्या हो ?’ राणाले प्रश्न गरिन् ।

यसपालिको वाम गठबन्धनले कांग्रेसमा लामो समयदेखिको विभाजनको रोग निवारण गर्न भ्याक्सिनको काम गरेको पनि उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?