+
+

डा.गोविन्दराज पोखरेललाई उम्मेदवारी फिर्ता लिन माओवादीको सुझाव

‘विथ ड्र’ गरे वाम गठबन्धनले फेरि सीईओ बनाउने छः मणि थापा

विजयसिंह भारती विजयसिंह भारती
२०७४ मंसिर १५ गते १०:००


१५ मंसिर, प्युठान । नेकपा माओवादी केन्द्रका नेता मणि थापाले डा. गोविन्दराज पोखरेललाई उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनलाई समर्थन गर्न सुझाव दिएका छन् ।

भूकम्प प्रभावितहरुलाई अलपत्र छोडेर राजनीतिमा आएको भन्दै थापाले डा. पोखरेलको आलोचनासमेत गरे ।

डा. पोखरेल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ पदबाट राजीनामा दिएर नेपाली कांग्रेसका तर्फबाट प्यूठान प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन् ।

‘चुनाव सकिएपछि फेरि कुन एनजीओमा जागिर खाने भन्ने चिन्ता गर्दै हुनुहुन्छ ?’ प्युठानको बरौंलामा आयोजित जनसभालाई सम्वोधन गर्दै माओवादी नेता थापाले भने, ‘तपाईंलाई वाम गठबन्धनकै सरकारले फेरि पनि प्राधिकरणको सीईओ बनाउने छ । आफ्नो उम्मेदवारी विथ ड्र गरेर वाम गठबन्धनलाई समर्थन गर्नुहोस् ।’

पुसको पहिलो साता मुलुकले वाम एकताको बहुमतको सरकार पाउने थापाको भनाइ छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा कांग्रेसबाट डा. पोखरेल र वाम गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?