+
+

न्यूयोर्कमा ११ जना व्यक्ति र तीन नेपाली संस्थाहरु सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २० गते ११:४२

६ डिसेम्बर, न्यूयोर्क । न्यूयोर्कमा गत डिसेम्बर २ तारिखका दिन ११ जना विभिन्न व्यक्तित्वहरु र तीन नेपाली संस्थाहरु सम्मानित भएका छन्  ।

अमेरिकाको न्यूजर्सीबाट संचालित बिधुतीय पत्रिका, युएसनेपालअनलाइन डट कमको १० औं वार्षिकोत्सबमा समाजमा योगदान पु¥याएको ब्यक्तित्वहरुलाई ‘अतिथी सम्मान’ तथा युवा प्रतिभाहरुलाई ‘युवा प्रतिभा पहिचान पुरस्कार’ द्वारा सम्मान गरिएको छ ।

‘अतिथी सम्मान’द्वारा कदर गरिएका ब्यक्तित्वहरुमा वरिष्ठ नाट्यकर्मी रामराज क्षेत्री, न्यू योर्क शहरका भूमिगत पद्धती सुरुङ्ग अभियन्ता मेख गुरुङ, सामाजिक अभियन्ता दुर्गेश जङ्ग कार्की, वकिल एवं एनआरएन अमेरिकाका निवर्तमान प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहाल, अमेरिका नेपाल सुन्दरी प्रतियोगिताका संस्थापक अमित शाह, न्यू योर्ककि महिला व्यवसायी सूर्य श्रेष्ठ महर्जन र गीतकार पद्मा लिंखा मगर छन् l

यसैगरी अतिथी सम्मान’ द्वारा कदर गरिएका नेपाली संस्थाहरुमा अधिकार, युनाईटेड शेर्पा एशोसिएसन युएसए र रिजवूड नेपाली समाज छन् ।

त्यसैगरी, ‘युवा प्रतिभा पहिचान पुरस्कार’बाट संयुक्त राष्ट्र संघ युवा सम्मेलन कि युवा सभाध्यक्ष जोली अमात्य, युवा अंग्रेजी पुस्तकका लेखक राजन थपलिया, अमेरिकि पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा राष्ट्रपतीय पुरस्कार द्वारा सम्मानित युवा कन्चन अमात्य र वृद्धि रोकावट हुने बालबालिकाहरुको रोगको रोकथाम सम्बन्धी क्षेत्रमा सकृय युवा प्रियंका थापालाई सम्मान गरिएको छ ।

युएसनेपालअनलाइनकि आजीवन सदस्य शारदा क्षेत्रीको सभापतित्वमा आयोजित उक्त समारोहमा स्वागत मन्तब्य एवं अन्तर राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कि पूर्व केन्द्रीय अध्यक्ष गीता खत्रीले गरेकी थिइन् भने प्रमुख अतिथीको रुपमा उपस्थित नेपाल सरकारका बाणिज्य दूत कृसु क्षेत्रीले सम्मानित व्यक्तित्वहरुलाई कदर पत्र र परम्परागत खादाद्वारा सम्मान गरेका थिए ।

सम्मानित ब्यक्तित्वहरुको परिचय युएसनेपालअनलाइनका प्रधान सम्पादक प्रदीप परियार थापा मगरले प्रस्तुत गरेका थिए । सम्मानित ब्यक्तिवहरुले सम्बोधन गर्दै समाजका लागि थप योगदान पुर्‍याउन जिम्मेवारी बढेको उल्लेख गरेका थिए ।

उक्त दशौ बार्षिक उत्सव समारोहमा प्रधानमन्त्री शेरबहादूर देउवा र गैरआवासीय नेपाली संघ अन्तर राष्ट्रियका अध्यक्ष भवन भट्टद्वारा शुभकामना सन्देश समेत पठाएका थिए भने शुभकामना सन्देश क्रमश: जागरण मिडिया सेन्टर नेपालका उपाध्यक्ष दीपक परियार र प्रकाश परियारले पढेर सुनाएका थिए ।

प्रधानमन्त्री देउवाले आफ्नो शुभकामना सन्देशमा नेपाललाई आफ्नो हृदय र प्रार्थनामा राखेकोमा आभार व्यक्त गर्दै युएसनेपालअनलाइनले अमेरिकामा नेपालीहरुलाई सूसुचित हुने अवसर प्रदान गरेकोमा प्रसंशा व्यक्त गरे ।

उक्त वार्षिकोत्सव समारोहका अवसरमा न्यू जर्सी राज्य अमेरिकाको जर्सिसिटी शहरका नगर प्रमुख स्टेभन एम फुलपद्वारा युएसनेपालअनलाइनको १० औं वार्षिकोत्सबका अवसरमा प्रोक्लेमेसन (घोषणापत्र) जारी गर्दै सम्मान गरेका छन् ।

उक्त घोषणापत्रमा युएसनेपालअनलाइनले नेपाल र अमेरिकामा रहेका नेपाली समाजलाई आधा विश्व टाढाबाट जोड्ने काम गरेको भन्दै जर्सी सिटी शहर गौरवान्बित बनेको उल्लेख गरिएको छ ।

उक्त जर्सिसिटी घोषणा र नगर प्रमुख  स्टेभन एम फुलपको शुभकामना सन्देश जर्सी सिटी मेयरका सल्लाहकार बिष्णुमाया परियार (मानार्थ बिद्यावारिधि)ले वाचन गर्दै प्रमुख अतिथिएबं वाणिज्यदूत कृसु छेत्रीसंग संयुक्तरुपमा प्रदान गरेकि थिइन् ।

अमेरिकि दुई शहरहरु जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारो र न्यू योर्क शहर काउन्सिल सदस्य म्याथ्यु युजिनद्वारा सामुदायिक पत्रकारितामा योगदान पु¥याए बापद तीन नेपाली सन्चारकर्मीहरु युएसनेपाल अनलाइनका प्रधानसम्पादक प्रदीप परियार थापा, खसोखास साप्ताहिकका प्रधान सम्पादक किशोर पन्थी र सम्प्रेषण टेलिभिजन कार्यक्रमका शैलेश श्रेष्ठलाई साईटेसन कदर पत्रबाट सम्मान गरिएको छ ।

त्यसैगरी, समारोहमा न्यूयोर्क शहर काउन्सिल सदस्य म्याथ्यु युजिनद्वारा प्रकाश परियारलाई सामाजिक कार्यको लागि साइटेसन कदर पत्रबाट सम्मान गरिएको छ ।

कार्यक्रममा बिभिन्न अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए l प्रमुख अथिती एबं नेपाली वाणिज्यदूत कृसु छेत्री, प्रवासी नेपाली मन्च निवर्तमान अध्यक्ष सन्जय थापा, कारणका लागि महिलाकि (डब्ल्यूएफ्सी) अध्यक्ष गीता पोख्रेल, ११ वर्शिय बालिका श्रीनिती रिजाल, युवा नेत्री ऐश्वर्या शर्मा, खसोखास साप्ताहिकका प्रधान सम्पादक किशोर पन्थी, एकसयनेपाली डट कमका मतसर्वेक्षण प्रमुख एवं जिमिन संस्थापक अन्जन श्रेष्ठ, र तामाङ सोसाईटी अफ अमेरिकाका पूर्व प्रेसिडेण्ट एवं तामाङ कल्चर एण्ड बुद्धिस्ट सेन्टर ट्रस्टका अध्यक्ष ईन्द्रबहादुर तामाङले सम्बोधन गरेका थिए ।

न्यूयोर्क-युएसनेपालअनलाइन डट कमको १० औं वार्षिकोत्सब डिसेम्बर २ तारिख, शनिवार  न्यूयोर्कको कुइन्स ज्याक्सन हाइट्स स्ट्रिटस्थित शेर्पा किदुग युएसएको सभा कक्षमा भब्यतापूर्वक मनाइएको छ  युएसनेपालअनलाइनको प्रकाशन सुरु सन् २००७ डिसेम्बर ३ तारिख भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?