२२ मंसिर, ओखलढुंगा । ओखलढुंगाका तीन गाउँपालिकाको मतगणना सकिँदा प्रतिनिधिसभामा एमालेका यज्ञराज सुनुवारले कांग्रेसका रामहरी खतिवडालाई करिब एक हजार मतान्तरले पछि पारेका छन् ।
शुरुदेखि फराकिलो अग्रता लिइरहेका यज्ञराजसँगको मतान्तरलाई रामहरीले सुनकोशी गाउँपालिका गनिसक्दा घटाएका छन् ।
लिखु गाउँपालिकाबाट पछि परेका खतिवडाले चम्पादेवी र सुनकोशीको मत गनिसक्दा मतान्तरलाई ९ सय ६५ मा झारेका छन् ।
सुनुवारले ११ हजार ५१ मत पाएका छन् भने खतिवडाको १० हजार ८६ मतल ल्याएका छन् ।
प्रदेश सभामा भने ‘क’ बाट गणना गरिएको छ । प्रदेश ‘क’ को चिसंखुगढी र सिद्धिचरण नगरपालिकाको मत गणना सकिँदा बाम गठबन्धनका अम्बिरबाबु गुरुङले १० हजार ९ सय ६१ मत ल्याएका छन् ।
उनका प्रतिद्वन्द्वी कांग्रेसका मित्रसेन दाहालको ६ हजार ३३ मत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4