+
+

कांग्रेस कोषाध्यक्ष सीतादेवीका छोरालाई हराउँदै एमालेका प्रमोद यादव बिजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २४ गते २१:५६

२४ मंसिर, लहान । नेकपा एमाले सिरहा जिल्ला अध्यक्ष प्रमोद यादव प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । कांग्रेस केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवका छोरा शुभासचन्द्र यादवलाई पराजित गर्दै प्रमोद बिजयी भएका हुन् ।

यादव सिरहा क्षेत्र नम्बर ३ को ख बाट ११ हजार ९५४ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुभाष चन्द्र यादवले ९४८६ र संघीय समाजवादी फोरमका मनोरञ्जन गोइतले ८२६८ मत प्राप्त गरेका छन् ।

शुभाष दुई महिनाअघिमात्र सम्पन्न स्थानीय तहको निर्वाचनमा सिरहा नगरपालिकाको मेयर उम्मेदवार बनेर तेस्रो भएका थिए ।

मेयर पराजित भए लगत्तै आमाको पावरबाट उनले टिकट पाएको आरोप थियो । सीतादेवी कांग्रेसबाट समानुपातिक सूचीमा पहिलो नम्बरमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?