+
+

करी पत्ताः हाम्रै घर आँगनमा पाइन्छ, तर उपयोग भएको छैन

रेशादार पदार्थ, क्याल्सियम, फस्फोरस, भिटामिन ए र फोलिक एसिडको स्रोत

डा. अरुणा उप्रेती डा. अरुणा उप्रेती
२०७४ पुष १६ गते ११:५७

मेरो उमेर ६० बर्ष पुग्न लाग्दैछ । पढ्दा चस्मा लगाउनु पर्छ । तर, आँखामा अरु समस्या छैन । मोतियाविन्दुको असर अहिलेसम्म देखिएको छैन । मैले आइरन चक्की, क्याल्सियम वा भिटामिन डि खानुपरेको छैन । उच्च रक्तचाप छैन । मधुमेह पनि छैन । जवकी मेरो परिवारको बाजे, ठूलो दाई, फुपुका छोरीहरुलाई मधुमेह छ ।

म खानपानमा खास सर्तक छु । आफ्नो तौल नियन्त्रित राख्ने प्रयास गर्छु । मेरो थालमा कहिल्यै नछुट्ने एउटा परिकार छ । त्यो हो, करी पत्ता ।

यसलाई कतिले मीठा नीम पनि भन्छन् । त्यसो किनपनि भनिएको होला भने, यसमा नीमको पातको गुण हुने तर त्यस्तो तीतो नहुने भएकाले हुनसक्छ । मैले यो करी पत्ताको बारेमा थाहा पाएको चाहि २००६ मा हो, जतिबेला म श्रीलंकामा थिएँ । म त्यहाँ जनस्वास्थ्य विशेषज्ञ भएर एक बर्ष बसें । त्यही बेला मैले करी पत्ताबारे जान्ने, चाख्ने, अनुभव गर्ने मौका पाएँ ।

श्रीलंकमा प्राय खानेकुरा पकाउँदा करी पत्ता प्रयोग गर्दा रहेछन् । पहिले पहिले त मैले तरकारी वादालमा हालेको पत्ता निकालेर ˆयाँल्थे । एकदिन एक जना नर्सले यसको महत्वबारे बताएपछि करी पत्ता मेरो भान्सामा नियमित प्रयोग हुन थाल्यो ।

नर्सले भनेकी थिइन्, ‘करी पत्ता गर्भवतीका लागि अति आवश्यक हुन्छ ।’ हुनपनि यो पोषणको भण्डार रहेछ । यसमा रेशादार पदार्थ, क्याल्सियम, फस्फोरस, भिटामिन ए र फोलिक एसिड पनि हुन्छ । यी सबै कुरा एक गर्भवती र सुत्केरीको लागि त अति नै जरुरी नै हुन्छ । फोलिक एसिडको प्रयोगलेे भु्रणलाई स्वस्थ पार्छ र मेरुदण्ड राम्ररी विकसित न हुने समस्याबाट बच्न मद्धत गर्छ ।

नेपालमा यस्ता समस्या भएका शिशु कति जन्मिन्छन् भन्ने अनुसन्धान त गरिएको छैन । तर फोलिक एसिडयुक्त भएको भोजन खान नपाएका महिलाबाट जन्मिने शिशुहरुमा यस्तो समस्या हुनसक्ने संभावना अधिक छ ।

कहाँ पाइन्छ करी पत्ता ?

करी पत्ता श्रीलंकामा मात्र होइन, यहाँ नेपालमा पनि जताततै पाइन्छ । तराईमा करी पत्ता प्रशस्तै पाइन्छ । यसबारे थाहा नभएकाले करी पत्ता अक्सर प्रयोग गरिदैन । तर, यसलाई गर्भवतीले टिपेर सेवन गर्नु एकदमै राम्रो हो ।

कतिले गाईबस्तुलाई करी पत्ताको घाँस ख्वाउँछन् । उनीहरुले हेक्का राखेकै हुनुपर्छ कि, करी पत्ता खाएपछि गाई गोरुको स्वास्थ्य राम्रो हुन्छ ।

मधुमेहदेखि पाचन क्रियासम्मलाई फाइदा

करीपत्ताको बारेमा गरिएका विभिन्न अनुसन्धानले करीपत्ताले पाचन प्रणालीमा पनि मद्धत गर्ने कुरा देखाएको छ ।मधुमेह भएकाहरुलाई पनि यसले फाइदा गर्छ । किनभने यसले शरीरिभित्र रहेको हर्माेन ‘इन्सुलिन’को गतिविधिलाई प्रभावित गरेर रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्धत गर्छ ।

अर्को अनुसन्धानले शरीरमा रहेको कलेस्टेरोल नामक बोसोलाई कम गर्न मद्धत गर्ने कुरा देखाएको छ । त्यसको अर्थ हो मुटुको रोगबाट बच्नपनि मद्धत गर्छ । दक्षिण भारतीय र श्रीलकंको भोजनामा प्रयोग गरिनुको साथै इण्डोनेशियामा पनि मसलाको रुपमा यसको प्रयोग गरिन्छ । यसको उद्गम भने भारत उत्तर प्रदेशको हो, त्यहीबाट एशियाभर फैलिएको हो ।

पखाला लागेको बेलामा पनि करी पत्ताको प्रयोग उपयोगी हुन्छ र पातमा रहेको रसायनमा किटाणुसँग लड्ने र संक्रमण कमगर्ने गुण पनि रहेको हुन्छ । यसको लागि करी पत्तालाई पिसेर वा सुकाएर, धूलो बनाएर प्रयोग गर्न सकिन्छ । यसमा रहेको रेशादार पदार्थले कब्जियत कम गराउनपनि मद्धत गर्छ

करी पत्तालाई पेटमा रहेको गडबडीमा सन्चो गर्छ । यसरी पानीमा उमालेर सेवन गर्दा वीरे नुन पनि हाल्न सकिन्छ ।

यसमा रहेको फोलिक एसिड र फलाम तत्वलाई शरीरमा रगतको मात्र बढाउन र हड्डी बलियो बनाउनपनि मद्धत गर्छ । गर्भवतीलाई दिनमा ३-४ वटा हरियो पत्ता चपाएपनि फाइदा पुग्छ ।

संक्रमण, लुतो, डण्डीफोर आदि निको पार्न लागि निम प्रयोग गरिए जस्तै करी पत्ता पनि प्रयोग गर्न सकि्न्छ । गर्भवतीलाई हुने वाकवाकि मेट्न यसले सहयोग गर्छ । यसमा रहेको भिटामिन ‘ए’ ले आँखाको स्वास्थयको पनि महत्वपुर्ण भुमिका खेल्न सक्छ तर दुःखको कुरा करी पत्ता बढी पाइने तराईमा नै भिटामनि ‘ए’ को कमिले बालबालिका र गर्भवतीमा आँखाको समस्या देखा पर्छ ।

सौन्दर्यको खजना

करी पत्ता भोजन मीठो बनाउन विभिन्न स्वास्थ्य समास्याको घरेलु समाधान गर्न र सौन्दर्य बढाउनको लागि पनि प्रयोग गरिन्छ । दक्षिण भारतका कतिपय गाँउहरुमा त मेहदीसँग करिपत्तालाई पिसेर कपालमा लगाउने चलने छ । यसले गर्दा कपलामा चायाँ रहदैन भन्ने उनीहरुले विश्वास गर्छन ।

लेखकको बारेमा
डा. अरुणा उप्रेती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?