+
+

‘टिभिएस जुपिटर क्लासिक’ नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १७ गते १६:१०

१७ पुस, काठमाडौं । टिभिएस मोर्टसको नेपालको लागि आधिकारी वितरक जगदम्बा मोर्टस्ले टिभिएसको उत्पादन ‘अल न्यु टिभिएस जुपिटर क्लासिक’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एभरेष्ट पि्रमियर लिगको फाइनल म्याचको दौरान यसको सार्वजनिक गरेको हो ।

एभरेष्ट पि्रमियर लिगको फाइनलमा भैरहवा ग्लाडिएटर र बिराटनगर वारियर बिच फाइनल खेल भएको थियो । टिभिएस एभरेष्ट पि्रमियर लिगको मुख्य प्रायोजक रहेको थियो । टिभिएसले जुपिटर क्लासिक एडिसनमा थुप्रै फिचरहरुको अपग्रेड गरेको छ भने, यसले ग्राहकको चाहनालाई पुरा गर्ने हामीले विस्वास लिएका छौं ।

चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्ने टिभिएस जुपिटर सडकमा समेत निकै आर्कषक देखिन्छ । यस क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्टफुल क्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जाना बस्न मिल्ने सिट लगायतका सुबिधा छन् ।

‘अल न्यु टिभिएस जुपिटर क्लासिक’ सावजनिक गर्दै शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रावालले भने, ‘टिभिएस जुपिटर क्लासिकले भारतीय बजारमा निकै ठूलो सफलता पाएपछि हामीले नेपाली बजारमा ल्याएका हौं । यो स्कुटरले भारतीय बजारमा सनसनी पूर्ण उपलब्धि हाँसिल गरेको छ । हामीलाई विश्वास छ नेपाली बजारमा समेत त्यस्तै सफलता पाउने छौं । टाईमलेस क्लासिकको हलमार्क जस्तै भएको छ ।’

उनले अघि भने,’हामीले सधै हाम्रा ग्राहकहरुले देख्नेगरी जुपिटरमा परिर्वतन गर्दै ल्याएका छौं । यसको युनिक फिचर भनेको कभर स्टाइल, व्यवहारिकपन र मूल्य हो । हामीलाई विश्वास छ, ‘टिभिएस जुपिटर’ माथी जसरी लाखौ ग्राहकले विश्वास गर्नु भएको थियो त्यो भन्दा अझै बढी ‘अल न्यु टिभिएस जुपिटर क्लासिक’ले पाउने विस्वास हामीले लिएका छौं ।’

‘टिभिएस जुपिटर क्लासिक’ पुरै आल्मुनियम बढि, ११० सिसि इन्जनबाट उच्चतम शक्ती उत्पन्न गर्छ, सुपेरियर एक्सीलेरेशन र निकै फ्युल इफिसेन्सी रहेको छ ।

पूर्णत मेटल बढिमा निर्माण भएको जुपिटर क्लासिक सडकमा गुडाउँदा उच्चकोटीको सवारी साधन देख्न्िछ । चलाउन निकै सजिलो यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ ।

जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा इन्धनमा निकै बचत हुन्छ । जसले हाम्रो अर्थ व्यवस्थामा सहयोग पुग्छ ।

टिभिएस जुपिटर क्लासिकको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ । नेपालभर रहेका हाम्रा सम्पूर्ण डिलर र शोरुमबाट पाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?