+
+

काठमाडौं पूर्ण खोप सुनिश्चित महानगर घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २३ गते १६:४६

२३ पुस, काठमाडाैं । काठमाडाैं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित महानगरको रुपमा घोषणा गरिएको छ ।

आइतबार काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चित महानगरको रुपमा घोषणा गरेको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा जिल्ला समन्वय समिति काठमाडौंका संयोजक शिवसुुन्दर राजबैद्यले काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित महानगरको रुपमा घोषणा गरेका हुन् ।

कार्यक्रममा उपराष्ट्रपति पुनले स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन सरकारको गम्भीर ध्यानकर्षण गराएका थिए । उनले भूकम्पपछि कुरुप बनेको काठमाडौंको पुनर्निर्माणको कामलाई तीव्रता दिन पनि काठमाडौं महानगरपालिका र सरकारको  ध्यानाकर्षण गराए ।

उपराष्ट्रपति पुनले स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने दायित्व पूरा गर्न पनि सरकारसँग आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य मन्त्री दीपक बोहराले हरेक बालबालिकाले पूर्ण खोप पाउन भन्नेमा सरकार सचेत रहेको भन्दै सबै स्थानीय तहमा पूर्ण खोपको व्यवस्था गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

१२ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चित भएपछि काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता महानगर घोषणा गरिएको हो ।

कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गरेका स्वास्थ्यकर्मीहरुलाई सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?