+
+

देशभरका नर्स आन्दोलित, १ घण्टा काम छाडे

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २८ गते १४:४५

२८ पुस, काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरुको पुर्नवहालीको माग गर्दै आन्दोलनमा उत्रेका दभरका नर्सहरुले आज एक घण्टा काम छाडेका छन् ।

उनीहरुले ११ बुँदे माग राख्दै विहान १० देखि ११ बजेसम्म देशभरका नर्सिङ सेवा ठप्प पारेका छन् ।

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले तीनजना नर्स सहित सात जनालाई कामबाट निस्काशन गरेपछि नेपाल नर्सिङ्ग संघको आवहानमा देशभरका नर्सहरुले वुधवारबाट आन्दोलन सुरु गरेका थिए ।

आन्दोलनको पहिलो चरणमा बुधवार हातमा कालो पट्टी बाधेर आन्दोलन सुरु गरेका नर्सहरुले शुक्रवार एक घण्टा अस्पताल ठप्प पारेका छन् । उनीहरुले आइतबारसम्म प्रत्येक दिन १० बजेदेखि ११ बजेसम्म सेवा ठप्प पार्ने जनाएका छन् ।

त्यस्तै, माघ १ गतेदेखि ३ दिनसम्म विहान १० बजेदेखि ३ घण्टा ड्युटी छाड्ने तथा ४ गते देखि ७ गते सम्म ड्युटीमै नजाने गरी आन्दोलनको कार्यक्रम तय गरिसकेका छन् ।

‘विभिन्न ११ सुत्रीय माग राखेर आन्दोलन गर्दा पनि सुनुवाई नभएपछि हामी यो आन्दोलन गर्न बाध्य भएका हौ’, नेपाल नर्सिङ्ग संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले भनिन्, ‘मागप्रति सरकारको सुनुवाई नभए हामी दोश्रो चरणको आन्दोलन गर्न बाध्य हुनेछौं ।’

दोश्रो चरणको आन्दोलन अझै सशक्त हुनसक्ने संघले चेतावनी दिएको छ । संघले नर्सहरुमाथि भएका श्रम शोषण, अधिकार सहितको नर्सिङ्ग सेवा महाशाखा पुर्नस्थापना गरिनु पर्ने, स्कुलमा नर्स राखिनु पर्ने, मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सहरुको पुर्नबहाली लगायतका माग राख्दै आएको छ । उक्त मागप्रति एक्यवद्धता जनाउदै देशभरका नर्सहरु आन्दोलनमा उत्रेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?