हिजोआज नेपाली चलचित्रले व्यापार गरोस् या नगरोस्, कलाकारको पारिश्रमिकको चर्चा भने खुबै चल्न थालेको छ । मिडियामा कलाकारको पारिश्रमिकले यति धेरै स्थान पाउन थालेका छन् कि, त्यो अनुसार चलचित्रको व्यापार भने छैन ।
अब, यहाँ कुरा नायिका दीपिका प्रसाँइको नै गरौ न । नायिका प्रसाइले चलचित्र ‘ऐश्वर्य’मा काम गरेपछि नयाँ चलचित्र साइन गरेकी छैनन् । दीपिकाले रोजेर मात्र चलचित्रमा काम गर्ने बताएकी थिइन् ।
तर, उनले रोजेर चलचित्रमा काम गर्ने बताएपनि उनलाई रोज्ने निर्माताको भने अभाव देखिएको छ । यसरि, दीपिकाले चलचित्र साइन नगर्नुको पछाडि उनको पारिश्रमिकलाई मुख्य कारण मानिएको छ ।
‘सम्पूर्ण’ नाम साप्ताहिकले दीपिकाले ६ लाख पारिश्रमिक माग्न थालेकाले चलचित्र नपाएको उल्लेख गरेको छ । नायक-नायिकाको पारिश्रमिक बढ्नु त राम्रो हो । तर, बजारमा आफ्नो डिमाण्ड कति छ भन्ने जान्न पनि कलाकारले आवश्यक छ । दीपिकाले एउटा चलचित्र खेल्ने वित्तिकै ६ लाख पारिश्रमिक माग्न थालेपछि उनलाई लिन निर्मातालाई गाह्रो हुँदैन त ?
प्रतिक्रिया 4