+
+

अब पुस्तकले नै सिकाउँछ विद्यार्थीलाई योग र ध्यान

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १३ गते १०:१४

१३ माघ, काठमाडाैं । विद्यार्थीहरूलाई योग सिकाउने उद्देश्यले दुई योग प्रशिक्षकले पुस्तक प्रकाशन गरेका छन् ।

लामो समयदेखि योग–साधना र प्रशिक्षणमा संलग्न विदुर फुँयाल (साधक स्वप्नम) र रामहरि थापा (साधक रौनक सत्यम)ले ‘योगा एन्ड स्टुडेन्ट लाइफ’ नामको अंग्रेजी पुस्तक प्रकाशन गरेका हुन् ।

पुस्तकमा जम्मा २० पाठ छन् ।

तिनमा विभिन्न आसनहरूको परिचय, विधि तथा प्राणायाम, चक्र ध्यान, गायत्री मन्त्र, हस्तमुद्रा, पानी र मानव स्वास्थ्य र स्वास्थ्य सम्बन्धी विभिन्न सुझावहरू पनि समेटिएका छन् ।

‘हामी शान्त र खुसी रह्यौं भने मात्र जीवनको वास्तविक उद्देश्य बुझ्न सक्छौं, स्वस्थ भएमात्र मानिसले शान्ति र खुस प्राप्त गर्न सक्छ’, पुस्तकको प्राक्कथनमा लेखकहरू भन्छन्, ‘त्यसैले पूर्ण स्वस्थ्य र खुसीको रहस्य नै योग र ध्यान हुन् ।’

लेखक आफैं प्रकाशक रहेको पुस्तकको मूल्य २ सय रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?