१३ माघ, काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५, बर्णालुमा शनिबार ट्रिपरले निर्माण मजदुरलाई किच्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोलुखुम्बुको दुधकुन्ड नगरपालिका–८ घर भइ हाल सोही ठाउँको सडकमा काम गर्दैै आएका मजदुर १८ वर्षीय बिवायिसी तामाङ छन्।
शनिबार बिहान बा २ ख ९५६४ नम्बरको ट्रिपरले ढुङ्गा अनलोड गरी पछाडी सार्ने क्रममा चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाले जनाएको छ ।
ट्रिपर चालक फरार रहेकाले खोजी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4