 
																			३ असोज, जनकपुरधाम । सिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका २ खोक्सिटोलका ४८ वर्षीय ललित दास छन् ।
उनलाई प्रहरीले रकमसहित बुधबार बरियारपट्टी गाउँपालिका १ गोरगम्मा स्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
उनका अनुसार भारतबाट नेपाल तर्फ स. १० प. ९८५३ नम्बरको मोटरसाइकलमा आइरहेका दासलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी कचनारीबाट खटेको टोलीले चेकजाँच गर्दा कम्मरमा गम्छाले बाँधेर लुकाएको स्रोत नखुलेको १६ लाख रकम बरामद भएको हो ।
एकहजारका एक हजार थान अर्थात् १० लाख, पाँच सयको दरको नोट १२ सयको ६ लाख गरी जम्मा १६ लाख नेपाली नोट रहेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान गरिरहेको डीएसपी सापकोटाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4