News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले इन्द्रचोकमा पेस्तोल देखाएर लुट्न खोज्ने समूहलाई प्रतिकार गरेर भगाउने सञ्जिता शाक्यलाई सम्मान गरेका छन्।
- सञ्जिता शाक्यलाई प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कदर पत्र प्रदान गरी सम्मान गरिएको हो।
- शाक्यले वैशाख १७ गते इन्द्रचोकस्थित ज्वेलर्समा पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने दुई व्यक्तिलाई आफ्नो ज्यानको पर्वाह नगरी प्रतिकार गरेकी थिइन्।
२४ वैशाख, काठमाडौं । इन्द्रचोकमा पेस्तोल ताक्दै लुट्न खोज्ने समूहलाई प्रतिकार गरेर भगाउने महिलालाई प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सम्मान गरेका छन् ।
आईजीपी कार्कीले नैना एण्ड इशान ज्वेलर्समा कार्यरत सञ्जिता शाक्यलाई सम्मान गरेका हुन् । प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रम बीच कार्कीले उनलाई कदर पत्र प्रदान गरी सम्मान गरेका हुन् ।
काठमाडौं महानगरपालिका–२४ इन्द्रचोक तुछेनानी गल्लीस्थित नैना एण्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दिउँसो २ जना व्यक्तिहरूले पेस्तोल देखाई लुटपाट गर्न खाजेका थिए । तर शाक्यले आफ्नो ज्यानको पर्वाह नगरी प्रदर्शन गरेको हिम्मत, आत्मविश्वास तथा निर्वाह गरेको नागरिक दायित्वको कदर गर्दै सम्मान गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
प्रतिक्रिया 4