+
+

प्रदेश २ को संसद बैठक कक्षमा टाँगिए मधेश आन्दोलनका शहीद

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २९ गते १३:४५

२९ माघ,जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक कक्षमा मधेश आन्दोलनका शहीदको फोटो टाँगिएको छ ।

प्रदेशसभाको पहिलो बैठकमा मधेश आन्दोलनका शहीदको फोटो नराखिएको भन्दै मधेशवादी दलका सांसद अवरोध गरेका थिए ।

सभामुखको आसनबाट जेष्ठ सदस्य लगनलाल चौधरीले अर्को बैठकमा मधेश आन्दोलनका शहीदको फोटो पनि राख्न रुलिङ गरे बमोजिम सोमवार प्रदेशसभा बैठक बस्नुअघि कर्मचारीले शहीदको फोटो व्यवस्था गरेका हुन् ।

सभामुख आसनको माथि यसअघि जनआन्दोलनका शहीदको तस्विरमात्र राखिएको भन्दै मधेशवादी दलले आपत्ति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?