
१ फागुन, काठमाडाैं । प्रदेशसभामा राजपाका २५ सांसद छन् । उनीहरु मध्ये १५ प्रत्यक्ष निर्वाचित हुन् भने १० समानुपातिकबाट आएका छन् । स्रोतका अनुसार अध्यक्ष मण्डलको बैठकमा समानुपातिकलाई मन्त्री नबनाउने प्रस्ताव आएपछि विवाद भएको छ ।
महेन्द्रराय यादवले मन्त्रीमा पहिलो चरणमा प्रत्यक्ष चुनाव जितेकालाई प्राथमिकता दिनुपर्ने मत राखेका थिए ।
तर, अध्यक्ष मण्डलका केही नेताले मन्त्री बनाउन चाहेका सांसद समानुपातिक मात्र छन् । त्यसैले सहमति हुन सकेन र मन्त्रीको नाम टुंगो नलगाई महन्थ ठाकुर मधेस झरेका छन् ।
स्रोतका अनुसार अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले पत्नी डिम्पलकुमारीलाई मन्त्री बनाउन चाहेका छन् । तर, उनी समानुपातिकबाट आएकी हुन् ।
अर्का नेता राजकिशोर यादवले मन्त्री बनाउन चाहेका नेत्रविक्रम शाह पनि समानुपातिकबाटै आएका हुन् ।
महेन्द्र राय यादवको कोटाबाट रामनरेश राय र शरदसिंह भण्डारीको कोटाबाट जयनुल रायन मन्त्री बन्ने तयारीमा छन् । राजेन्द्र महतो समूहबाट मनिष सुमनसँगै नवलकिशोर साह र उपेन्द्र महतो पनि मन्त्रीका आकांक्षी देखिएका छन् ।
महन्थ ठाकुर समूहमा परमेश्वर साह, अविराम शर्मा, बाबुलाल साह र रमेश कुर्मी आकांक्षी छन् ।
प्रतिक्रिया 4