+
+

प्रदेश १ : काग्रेस संसदीय दलका नेतामा राजीव कोइराला निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ७ गते १७:०७


७ फागुन, विराटगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा राजीव कोइराला निविरोध निर्वाचित भएका छन् ।

संसदीय दलको सोमबार बसेको बैठकले कोइरालालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । दुई आका‌ंक्षी प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा आएका आफनो उम्मेदवारी फिर्ता लिएपछि कोइराला निविरोध भएका हुन् ।

उनी सुनसरी २ ख बाट प्रदेश सभामा विजयी भएका थिए ।

२१ सांसद रहेको कांग्रेस प्रमुख विपक्षी दल हो । दलको नेतासँगै कोइराला विपक्षी दलको नेता बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?