+

रोनाल्डोले दुई गोल गर्दै रियललाई जिताए

२०७४ फागुन  २६ गते २२:५१ २०७४ फागुन २६ गते २२:५१
रोनाल्डोले दुई गोल गर्दै रियललाई जिताए

२६ फागुन, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदतमा रियल मड्रिडले स्पेनिस ला लिगामा एइबरलाई हराएको छ ।

शनिबार भएको खेलमा रियलले एइबरमाथि २–१ को जित निकालेको हो ।

एइबरको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले ३४ औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमा नै रामिसले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।

तर, ८० औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई जित दिलाए ।

जितसँगै रियलको २८ खेलबाट ५७ अंक भएको छ र तेस्रो स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय