+
+

यूएस बंगला विमान दुर्घटनाप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २८ गते १७:५७

२८ फागुन, काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् ।

दुर्घटनामा ठूलो क्षति भएको भन्दै राष्ट्रपति भण्डारीले मृतकप्रति दुःख व्यक्त गर्दै परिवारहरूमा समवेदना व्यक्त गरेकी छन् । साथै घाइतेहरु शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।

दुर्घटनाको उपराष्ट्रपति नन्दबहादुर पुनले पनि दुःख व्यक्त गरेका छन् ।

ढाकाबाट उडेको विमान सोमबार दिउँसो त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको थियो ।

७१ जना यात्रु मध्ये दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । एक जना अझै बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?