३० फागुन, काठमाडौं । काठमाडौंमा सोमबार भएको यूएस बंगलाको विमान दुर्घटनामा २६ जना बंगलादेशी नागरिकको मृत्यु भएपछि बंगलादेश सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ ।
बंगलादेश सरकारले बुधबार एक दिने राष्ट्रिय शोकको घोषणा गरेको हो ।
विमान दुर्घटना हुँदा प्रधानमन्त्री हसिना सिंगापुरमा थिइन् । उनी स्वदेश फर्किए लगत्तै आकस्मिक बैठक बोलाएर राष्ट्रिय शोकको घोषणा गरेकी हुन् ।
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा धार्मिक क्षेत्र, मन्दिर, मस्जिद लगायतमा बिहीबार विशेष प्रार्थना गर्ने समेत निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4