+
+

घोडाघोडीका मेयरलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ३ गते २०:००

३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोडाघोडी नगरपालिका, कैलालीका मेयर ममता प्रसाद चौधरीको स्वास्थ्य अवस्था जानकारी लिएका छन् ।

चौधरीलाई अपरिचत समूहले गत सोमबार घोडाघोडीमै गोली र खुकरी हानेर सख्त घाइते भएका थिए ।

प्रधानमन्त्री ओलीसहित नेकपा -एमालेका नेताहरुले शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।

प्रधानमन्त्री ओलीले अस्पताललाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । ‘उपचार खर्च सरकारले व्योहोर्छ’ उनलेभने, ‘उहाँको उपचारमा कुनै पनि कसर बँँकी नराखी उपचार गर्नुहोस् ।’

प्रधानमन्त्री ओलीले चौधरीको ज्यान मार्ने उद्योगले भएको गोलीकाण्डको निष्पक्ष छानविन हुने परिवारका सदस्यलाई बताए । उनले भने, ‘दोषी उम्कन पाउँदैनन् । उनीहरुलाई कानुन अनुसार कारबाही हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?