२१ चैत, सुर्खेत । बुद्ध एयरले सुर्खेत-काठमाडौं सिधा उडानका सफल परीक्षण गरेको छ ।
कर्णालीप्रदेशको राजधानीलाई सिधा काठमाडौंसँग जोड्नका लागि ९एन-एआईएन कल साइनको बुद्ध एयरले जहाजले परीक्षण उडान गरेको हो ।
नियमित उडानको परीक्षणका लागि क्याप्टेनद्वय रञ्जनकुमार शर्मा र आङ्गेलो शेर्पा लगायतको प्राविधिकसहितको टोलीले परीक्षण उडान गरेका हुन् ।
क्याप्टेनले दिएको जानकारी अनुसार परीक्षण उडान सफल भएको छ । उनीहरुका अनुसार ४७ सिट क्षमताको जहाज उडान भर्नाका लागि सुर्खेत विमानस्थल उपयुक्त छ ।
४७ सिट क्षमता भएको जहाजको परीक्षणपछिको प्रतिबेदन तयार भएपछि मात्रै नियममित उडान भर्ने बुद्ध एयरका निर्देशक खगेन्द्र बस्नेतले जानकारी दिए ।
बस्नेतले दिएको जानकारी अनुसार परीक्षण अबको हप्तादिनभित्रै प्राविधिक टोलीले प्रतिवेदन तयार पारेपछि मात्रै नियमित उडान भर्ने छ ।
यात्रु संख्याको आधारका साढे ६ देखि ७ हजारसम्म भाडा तय गरिने छ ।
यात्रुसंख्याको चाप बढ्दै गएको खण्डमा भने एकदिनमै २/३ उडान भर्न सक्ने बुद्ध एयर जनाएकोे छ ।
परीक्षण उडानका लागि प्रदेश ५ को नेपालगञ्जदेखि करिब १० बजे जहाज सुर्खेत अबतरण गराइएको थियो । अबको केही दिनमै सुर्खेत-काठमाण्डौं सिधा हवाई उडान सुरु हुने छ ।
जहाजलाई स्वागत गर्ने प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री नरेश भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालयागत विमानस्थल पुगेको थिए ।
त्यस्तै सुर्खेतस्थित उद्योग वाणिज्य संघका पदाधिकारीहरु, होटल व्यवसायीहरुले पनि चालकदलका सदस्यहरु र क्याम्पटेनलाई स्वागत गरेका थिए ।
प्रतिक्रिया 4