+
+

चुपचाप राजेश हमालः अझै आँटेनन् फिल्म निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २२ गते ११:०५


करिब दुई दशक नेपाली चलचित्रमा एक छत्र राज गरेका नायक राजेश हमाल यतिबेला फुर्सदिला छन् । उनको हात लगभग खाली छ ।नेपालमा हिरो-हिरोइनहरु हात खाली हुन थालेपछि फिल्म निर्माण र निर्देशन गर्न तम्सिन्छन् ।

राजेश हमालभन्दा पुराना नायक भूवन केसीले धेरै वटा चलचित्र निर्माण गरिसके । एउटा चलचित्र निर्देशन पनि गरे । भुवनका समकालिन नायक शिव श्रेष्ठ पनि अब चलचित्र निर्माणको धुनमा छन् । राजेशपछि आएका नायक निखिल उप्रेती, आर्यन सिग्देलदेखि नायिकाहरु केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा लगायत निर्मात्री बनिसकेका छन् । तर, हमालको कुनै त्यस्तो सुरसार छैन ।

हमालले निकै ढिलो बिहे गरे । ५० बर्षको उमेर कटेपछि बिहे गरेका उनलाई अहिले मिडियाले सन्तान कहिले जन्माउने भनेर सोध्न थालेका छन् । हमाल भने आफूहरुले योजना बनाइरहेको जवाफ फर्काइरहेका छन् ।

हमाललाई सोधिने अर्को प्रश्न हो-‘चलचित्र निर्माण र निर्देशन कहिले गर्ने ?’हमालले चलचित्र निर्देशन गर्ने भनेको धेरै भैसकेको छ । उनका मामा दिपक रायमाझीको निधन हुँदा चलचित्र ‘डेस्टिनेशन काठमाण्डौ’ निर्माण भैरहेको थियो, जसलाई रायमाझीले निर्देशन गरिरहेका थिए । यो चलचित्र अपुरै रहेपछि यसलाई हमालले पुरा गर्ने चर्चा पनि चल्यो । तर, पछि यो चलचित्रलाई मधुसुदन भट्टराइले पुरा गरे ।

हमाल चलचित्रको प्रस्तुती फेरिएको भन्दै आफूले सोही अनुसार कथा खोजिरहेको बताउँछन् । उनले यस्तो जवाफ दिन थालेको पनि धेरै भैसक्यो ।

नायिका करिश्मा मानन्धर, झरना थापा, रेखा थापाले पनि चलचित्र निर्माण गरिसकेका छन् । रेखा र झरना त निर्देशक नै बनिसके । तर, हमालले चलचित्र निर्देशन गर्छु भन्न छाडेका छैनन् । तर, अहिले हमाल चलचित्र भन्दा राजनीतिमा बढी झुकाव राखिरहेका छन् ।

राजेश प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा चलचित्र क्षेत्रको तर्फबाट प्रतिनिधित्व गर्दै भारत समेत जादैछन् । उनले प्रधानमन्त्री ओलीसँग सुमधुर सम्वन्ध बनाएको पनि चर्चा छ । फिल्मसम्वन्धि सार्वजनिक कार्यक्रममा कमै देखिने हमाल गत साता बालुवाटारमा प्रधानमन्त्रीको निम्तो मान्न भने पुगेका थिए ।

आफ्नो करिअरमा ३ सय भन्दा बढी चलचित्रमा काम गरिसकेका हमाल के अब चलचित्रबाट राजनीतिमा फाल हाल्ने सुरमा त छैनन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?