२७ चैत, काठमाडौं । काठमाडौं प्रहरी परिसरले चोरीका १७ थान मोबाइल्सहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतडी, देउमाडौं नपा- ५ का १७ वर्षीय कविन्द्र बोहरा, सुनसरीको भोटेपुल-१६ का २९ वर्षीय विनोद गुरूङ, सिन्धुली, डकाहा-२ का १७ वर्षीय कान्छा थापा मगर, सिन्धुली, डकाहा-२ का २० वर्षीय कुमार थापामगर र सिन्धुपाल्चोक, मानेश्वर न.पा-१ का ४५ वर्षीय देबबहादुर राउत छन् ।
हाल उनीहरु काठमाडौंको चन्द्रगिरी नगरपालिका-११ सतुङ्गल बस्दै आएका थिए ।
काठमाडौंका विभिन्न रुटमा चल्ने सवारी साधन, भिडभाड हुने स्थानहरु, एकान्त सार्वजनिक बाटो तथा प्रतिक्षालयहरुबाट विभिन्न समयमा भएको चोरीको मोबाइलसहित उनीहरुलाई महानगरीय प्रहरी प्रभाग, बलम्बुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बरामद भएका मोबाइलका आईएमईआई नम्बर निम्न अनुसार छन्:
- Samsung Duos 3599450705565210
- Samsung सेतो 3529560779987914
- Samsung 352975071957028 / 353000071957024
- Samsung GTS Seto 355545050696959
- Samsung J2 355316073861669/ 355317073861667
- Lenov 866821026307248
- Lenov 355729048909712, 355729048940717
- Lenov 863446032119134/863446032119142
- Colors सानो 354601090024735
- Nokia 359965056151385
- Intex 941494000430705/ 911494000430713
- Sony C2 358099057237778,
- Sony C2 2305 – 353267061876619
- Tecno 352511097101125/ 352511097101133
- Nokia 355156066199912/ 355156069889914
प्रतिक्रिया 4