+
+

चन्दा माग्दै हिँडेका विप्लव समूहका ४ जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २७ गते १७:५४

२७ चैत, काठमाडौं । व्यवसायीबाट जबरजस्ती चन्दा असुली गर्दै हिँडेका विप्लव समूहका ४ जना मंगलबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विप्लव समूहका नविन केसी, प्रज्जवल शाही, सन्तोष ऐरी र रामकुमार डाँगी छन् ।

काठमाडौं प्रहरी परिसरले उनीहरुलाई न्यूरोड र दरबारमार्ग क्षेत्रका व्यापारीहरुसँग चन्दा उठाउँदै हिँडेको सूचनाको आधारमा पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले अनलाइनखबरलाई बताए ।

व्यापारीकै सूचनाका आधारमा चन्दा मागिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थापाको भनाइ छ । उनीहरुले व्यवसायीसँग ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म मागेको थिए ।

उनीहरुलाई चन्दा ऐन अन्तरगत जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइ म्याद गरेर अनुसन्धान गरिने परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?