+
+

कर्णालीको प्रदेशको प्रथम अधिबेशन अन्त्य भएको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १८ गते १६:१४
फाइल तस्वीर

१८ वैशाख, सुर्खेत । कर्णालीको प्रदेश सभाको चालु अधिबेशन अन्त्य भएको छ ।

मंगलबार राति १२ बजेदेखि अधिबेशन अन्त्य हुने प्रदेश प्रमुख दुर्गाकेशर खनालले घोषणा गरेका हुन् ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अधिबेशन अन्त्य गर्न प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई सिफारिस गर्ने प्रस्ताव पेश गरेको थियो ।

उक्त प्रस्ताव मंगलबार बसेको कर्णालीको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत भएसँगै प्रदेश प्रमुख खनालले प्रथम अधिबेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?