+
+

गुल्मीका २ स्थानमा बम विष्फोट

अनिल खत्री अनिल खत्री
२०७५ वैशाख २२ गते ७:४३


२२ वैशाख गुल्मी । गुल्मीका २ स्थानमा गएराति बम बिष्फोट भएको छ । जिल्लाको रुरु गाउँपालिका बलेटक्सार र रेसुङ्गा नगरपालिका सदरमुकाम तम्घासनजिकै २ वटा स्थानमा एकै समयमा बम बिष्फोट भएको हो ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले २ छुट्टा छुट्टै स्थानमा बम विस्फोट भए पनि मानवीय तथा भौतिक क्षति नभएको जानकारी दिए ।

रातिको समयमा बम बिष्फोट भएसँगै स्थानिय त्रसित भएका छन् ।

बम कसले विस्फोट गरायो भन्ने खुलेको छैन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बम विष्फोट गराएको हुन सक्ने प्रजिअ शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?