+
+

भूत-प्रेतः अन्धविश्वास कि सत्य ?

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १० गते ९:००

भूतप्रेत मान्नु र नमान्नु पनि ईश्वर मान्नु र नमान्नु जस्तै हो । आँखाले प्रत्यक्ष नदेखिने तथा वैज्ञानिक रूपमा पुष्टि नभइसकेका हुनाले प्रेतको मान्यतालाई अन्धविश्वासको कोटिमा राखिन्छ । यद्यपिव संसारमा त्यस्ता थुप्रै रहस्य छन् जसलाई आँखाले प्रत्यक्ष देखिएन भन्दैमा सीधै इन्कार गर्न मिल्दैन । प्रेतसम्बन्धी विश्वास पनि त्यस्तै हो ।

सामान्यतः प्रेत शब्द अशरीरी आत्माका लागि प्रयोग गरिन्छ । प्रेत भनेको आत्माको त्यस्तो स्थिति हो जसमा शरीर त नष्ट हुन्छ तर आत्मा संसारसँगै बाँधिइरहेको हुन्छ । यसलाई आत्माको अस्वाभाविक मानिन्छ ।

आत्मा प्रेत हुने स्थितिमा कसरी पुग्छ ?

प्रेत कुनै पनि जीवधारीको सूक्ष्म शरीर हो । स्वभाविक मृत्युका क्रममा मानिसका अंगले विस्तारै विस्तारै काम गर्न छोड्छन् अर्थात् शरीरको ऊर्जा परिपथ क्रमशः क्षीण हुँदै जान थाल्छ । पहिला उसको हातगोडा चेतनारहित हुन्छ, त्यसपछि शरीर अनि मस्तिष्कको चेतनासँग मुटुको सम्बन्ध टुट्छ, अन्तमा प्राण शरीर छाडेर बाहिर निक्लन्छ ।

यी सम्पूर्ण क्रिया कोषिकाहरूमा विद्यमान विद्युत कणहरू क्रमशः क्षीण हुँदै गएपछि घटित हुन्छ । कोषिकाहरूको माइटोकोन्डि्रयाले जुन विद्युत निर्माण गर्छन् ती भण्डारण हुन्छन्, तिनले कोषिकाहरूमा शक्ति प्रदान गर्छन् र शरीरलाई तातो बनाइराख्नुका साथै पाचनलगायतका अन्य शारीरिक क्रियाहरूलाई सुचारु बनाइराख्छन् ।

कोषिकाहरूको विद्युत केन्द्रको सम्बन्ध विद्युतीय शक्ति तरंगका माध्यमले एकअर्कासँग जोडिएका हुन्छन् । स्वाभाविक मृत्युका क्रममा यस्तो सम्बन्ध विस्तारै विस्तारै क्षीण भएर टुट्छन् र विद्युतीय शरीर नष्ट हुन्छ जससँग आत्मा जोडिएको हुन्छ । विद्युतीय शरीर नष्ट भएपछि आत्मा कुनै अर्को विद्युतीय शरीरको खोजीमा लाग्छ र एक निश्चित स्तरसम्म विकसित भ्रूण फेला पार्न सक्यो भने त्यसैमा प्रवेश गर्छ जहाँ उसले विद्युतीय शरीर प्राप्त गर्छ ।

जब कोही मानिस कुनै आकस्मिक चोट, विष, पानीमा डुबेर, आगोमा जलेर अथवा अन्य कुनै पनि कारणले अचानक सास बन्द भएका कारण स्थूल शरीरमा अचानक क्षति आएका कारण मर्छ, कुनै अन्य व्यक्ति वा परिस्थितिका कारण अप्रत्याशित हत्या बेहोर्छ अथवा शरीरका कुनै अंगले काम गर्न छोड्छ त्यति बेला शरीर त नष्ट हुन्छ तर विद्युतीय शरीर क्षीण हुने प्रक्रिया क्रमिक वा प्राकृतिक रूपले हुन नसकेका कारण आत्मा त्यसैमा बाँधिइरहन्छ ।

विद्युतीय शरीरमा भएका कारण उसको प्रत्यक्षीकरण हुँदैन र उसलाई अरूले देख्न सक्दैनन् । स्थूल शरीरलाई मरेको देखेपछि अरूले उसलाई मरेको ठान्छन् जब कि ऊ विद्युतीय शरीरमा जीवित रहेको हुन्छ र उसको चेतना एवं अनुभूति कायम रहिरहन्छ । उसमा तृष्णा, कामना, इच्छा आदि पनि रहिरहन्छ तर क्रियाका लागि शरीर हुँदैन ।

शरीरको क्रिया समाप्त भएपछि विद्युतीय केन्द्रहरूमा संचित विद्युत क्षीण हुने प्रक्रिया सार्‍है कम हुन्छ र ऊ त्यही विद्युतीय स्थितिमा जीवित रहन्छ । यसकारण के स्पष्ट हुन्छ भने त्यही विद्युतीय शरीर नै प्रेत अर्थात् प्रेतात्मा हो । उसको मुक्ति विद्युतीय शरीर क्षीण हुने प्रक्रियामाथि निर्भर हुन्छ ।

कतिपय अवस्थामा त्यस्तो विद्युतीय शरीर हजारौँ वर्षमा मात्र क्षीण हुन्छ । यस्तो स्थिति उक्त जीवका लागि निकै कष्टदायक हुन्छ । उसले चाहेर पनि केही गर्न सक्दैन तसर्थ हरेक समय छटपटाइरहन्छ र आफैं असन्तुष्ट एवं कष्टपूर्ण स्थितिमा भएकाले तथा कामना अधुरो रहेकाले उसले अरूलाई पनि कष्ट दिन्छ र कामना पूरा गर्ने प्रयत्न गर्छ ।

यसबाट के बुझ्न सकिन्छ भने आकस्मिक मृत्यु पाएका पितृ यसकारण असन्तुष्ट हुन्छन् कि उनीहरूले हाम्रो जीवन देखिरहेका हुन्छन् तर उनीहरूका लागि वा उनीहरूको मुक्तिका लागि केही पनि गरिरहेका हुँदैनौँ । यस्तो अवस्था बुझेका मानिसहरू उनीहरूको मुक्तिका लागि प्रयास गर्छन् ।

देवीदेवता, सिद्ध, तान्त्रिक तथा मन्त्र  तथा स्पर्शबाट तिनका विद्युतीय शरीर तीव्र गतिमा क्षीण हुन्छ त्यतिबेला यिनीहरूलाई स्थूल शरीर छोड्ने बेलामा जत्तिकै कष्ट हुन्छ र उनीहरू त्यसत कुरा तथता चीजबीजबाटा टाढा भाग्छन् । यी सबै विद्युतीय तरंगका क्रिया हुन् । प्रकृतिका कुनै विशेष वृक्ष, वनस्पति, स्थान आदि त्यस्ता हुन्छन् जसमा बस्दा विद्युतीय शरीरलाई शान्ति प्राप्त हुन्छ । त्यसैले यिनीहरू त्यस्ता ठाउँमा बस्न रुचाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?