+
+

कंगना भन्छिन्-‘यो आलियाको संसार हो, हामी त्यसमा बाँचिरहेका छौ’

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १६ गते १३:३४


नायिका कंगना रनावतले अर्की नायिका आलिया भट्टको खुलेरै प्रशंसा गरेकी छिन् । आलियाको मुख्य भूमिका रहेको चलचित्र ‘राजी’ अहिले बक्स अफिसमा तहल्का मच्चाउन सफल छ । यो चलचित्रले सय करोडको क्लबमा पनि आफूलाई उभ्याइसकेको छ ।

चलचित्रको विशेष शोमा पुगेकी नायिका रनावत नायिका आलियाको प्रशंसा गरेर थाकिनन् । उनले भनिन्-‘आलिया बलिउडकी रानी हुन् । यो आलियाको संसार हो र हामी त्यसमा बाँचिरहेका छौ ।’

कंगनाले आफूलाई चलचित्र अत्यन्तै मन परेको बताउँदै आलियालाई वधाई सन्देश पठाउने समेत बताएकी छिन् । कंगना अहिले ‘मेन्टल हे क्या’को छायांकनमा व्यस्त छिन् ।

कंगनाले महिला केन्द्रित चलचित्रको कथावस्तु निकै राम्रो रहेकोले सय करोड कमाएको भन्दै यो सुखद खबर भएको बताइन् । कंगना आफै पनि महिला केन्द्रित चलचित्र खेल्ने कुरामा अगाडि छिन् । उनले अभिनय गरेको चलचित्र ‘क्विन, तन्नु वेड्स मन्नु रिटर्न्स ‘ले पनि बक्स अफिसमा तहल्का मच्चाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?