+
+

नेपाल बिजनेस काउन्सिल दुबईको अध्यक्षमा पुनः अाशिफ

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १८ गते १८:३३

१८ जेठ, दुबई । यूएईको दुबई राज्यमा व्यापार-व्यावसाय गरिरहेका नेपालीहरुको संस्था नेपाल बिजनेस काउन्सिलको दोस्रो साधारणसभाले अध्यक्षमा पुन: डा आशिफ अलि सिद्दिकीलाई चुनेको छ ।

गत ३० मे दुबईको जुमेरा होटेलमा सप्पन्न साधारणसभाले अध्यक्षसहित अधिक पदाधिकारीहरु पुरानो जिम्मेवारी दोहोर्‍याएको छ ।

दोस्रो साधारणसभामा नेपाली बिज्नेस काउन्सिलसँग बिज्नेस नेट्वोर्किङ विषयमा एक अन्तरक्रिया कार्यक्रमसमेत सप्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा भारतीय, पाकिस्तान र फिलिपिन्स बिज्नेस काउन्सिलका अध्यक्ष तथा प्रतिनिधिहरुले भाग लिएको कार्यक्रममा सहभागी पुष्कर शर्माले जानकारी दिए ।
अन्तरक्रियामा पाकिस्तान बिजनेस काउन्सिलका उपाध्यक्ष काम्रान अहमद, फिलिपिन्स बिजनेस काउन्सिलका अध्यक्ष मिस मारियम, सिइओ क्लबका सिइओ डा तारिख निजामी, पाकिस्तानी कन्सुलेटबाट महावाणिज्यदूत डा नासिर खान लगायतका अतिथिहरुले नेपाली बिजनेस काउन्सिलसँग आफूहरु सहकार्य गर्न तयार रहेको मन्तव्यका क्रममा बताएका थिए ।

मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमादानको साझमा आयोजित कार्यक्रममा इफ्तार कार्यक्रम पनि भव्यतापूर्वक सम्पन्न गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?